एनपीएलमा आज दुई खेल हुँदै, काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै !

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज बिहीबार दुई खेल हुँदैछन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ।

CP Hospital Dhangadhi

पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुर आज पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ। १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमै अलआउट भएको थियो। यता, काठमाडौँ गोर्खाजले भने यस सिजनको पहिलो खेल खेल्दैछ। करण केसीको कप्तानीमा रहेको काठमाडौँ जितसहित प्रतियोगिताको सुरुवात गर्न चाहन्छ। जनकपुरको कप्तानी हर्मित सिंहले गरिरहेका छन्।

आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स आमनेसामने हुनेछन्। साँझ ४ः३० बजे सुरु हुने खेलमा दुवै टोली जितका लागि प्रतिस्पर्धा गर्नेछन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

पहिलो खेलमा जनकपुरलाई १९ रनले हराउँदै कर्णालीले प्रतियोगितामा विजयी सुरुवात गरिसकेको छ। विराटनगर भने आफ्नो पहिलो खेलमा चितवन राईनोज सँग आठ रनले पराजित भएको थियो। त्यसैले विराटनगर आज पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ भने कर्णाली लगातार दोस्रो जित हात पार्न चाहन्छ।

विराटनगरको कप्तानी सन्दीप लामिछाने र कर्णालीको नेतृत्व सोमपाल कामीले गरिरहेका छन्। आजका दुवै खेलले प्रतियोगितामा टोलीहरूको लय र अंकतालिकामा स्थान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Dhnagadhi & Krishanapur