बिहीबार भगवान विष्णु र माता लक्ष्मीको पूजा, यस्तो छ धार्मिक महत्त्व र विधि

Image
Nisarga Hospital

हिन्दु धर्ममा बिहीबारलाई देवताका गुरु बृहस्पति तथा भगवान श्रीहरि विष्णुको पूजा गर्ने विशेष दिनका रूपमा लिइन्छ। धार्मिक मान्यताअनुसार यस दिन व्रत बसी भगवान विष्णु र माता लक्ष्मीको पूजा गर्नाले धन, सन्तान, सुख–समृद्धि तथा विद्याको प्राप्ति हुने विश्वास छ।

CP Hospital Dhangadhi

बिहीबारको व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्ने परम्परा छ। विशेषगरी त्यस दिन अनुराधा नक्षत्र परेमा शुभ मानिन्छ। धार्मिक मान्यताअनुसार यो व्रत कम्तीमा सात महिना वा १३ महिनासम्म बस्ने चलन छ।

कसरी गर्ने बिहीबारको पूजा?

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

बिहीबार बिहान सबेरै उठेर स्नान गरी शुद्ध पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि भगवान विष्णुको तस्बिर वा मूर्तिसामु पहेँलो फूल, चन्दन तथा प्रसाद अर्पण गरी विधिपूर्वक पूजा गर्ने परम्परा छ। यस दिन भगवान विष्णुसँगै माता लक्ष्मीको पनि आराधना गरिन्छ।

व्रतका दिन ‘ॐ गुरवे नमः’ मन्त्र कम्तीमा पाँच माला जप गर्ने धार्मिक मान्यता छ। श्रद्धा र भक्तिपूर्वक पूजा तथा व्रत गर्नाले घरपरिवारमा सुख, शान्ति र समृद्धि कायम हुने धार्मिक विश्वास रहिआएको छ।

Dhnagadhi & Krishanapur