लखनउमा हुने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएस स्कुल सहभागी हुँदै

Image
Nisarga Hospital

धनगढी : भारतको लखनउमा आयोजना हुने पाँचौँ कन्कर्ड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनगढीको सिसिएक स्कुलले सहभागिता जनाउने भएको छ । यहि नोभेम्बर २ देखि ६ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन जाने विद्यालयका खेलाडीहरूलाई शनिबार एक कार्यक्रमका बीच बिदाई गरिएको छ । विद्यालयका प्लस टु कार्यक्रम संयोजक अमृत श्रेष्ठ र व्यवस्थापक अभिषेक श्रेष्ठले खेलाडीहरूलाई टीका लगाएर सफलताको शुभकामनासहित बिदाइ गरेका हुन् ।

CP Hospital Dhangadhi

लखनउस्थित सिटी मन्देश्वरी स्कुलको आयोजनामा हुने प्रतियोगितामा विभिन्न देशका महिला तथा पुरुष टोलीहरूको सहभागिता रहनेछ । प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ १६ टोली सहभागी हुने व्यवस्थापक अभिषेक श्रेष्ठले जानकारी दिए । खेलाडीहरूलाई बिदाइ गर्दै श्रेष्ठले प्रतियोगितामा जित र हारलाई मात्र प्राथमिकता नदिन आग्रह गरे । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुँदा प्राप्त हुने अनुभव, ज्ञान र सीप महत्वपूर्ण हुने उल्लेख गर्दै उनले त्यहाँ सिकेका कुरा स्वदेश फर्किएपछि अन्य विद्यार्थीहरूसँग पनि बाँड्न खेलाडीहरूलाई सुझाव दिए ।

पढाइसँगै खेलकुदलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

लखनउस्थित सिटी मन्देश्वरी स्कुलले हरेक वर्ष विभिन्न अवसरमा खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा सिसिएस (क्रेसेंट सिटि स्कुल) स्कुलको सहभागिताले विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने तथा खेलकुदसम्बन्धी नयाँ अनुभव र सीप हासिल गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

Dhnagadhi & Krishanapur