एक सातामै भारतको पूर्वी तटमा दोस्रो चक्रवातको खतरा, १२० किमि प्रतिघण्टाको आँधी आउने चेतावनी

Image
Nisarga Hospital

एजेन्सीः एक साताभन्दा कम अवधिमै भारतको पूर्वी तटीय क्षेत्रमा दोस्रो चक्रवातको खतरा बढेको छ। ‘मुरासु’ नामक चक्रवातका कारण आन्ध्र प्रदेश र तमिलनाडुमा भारी वर्षा तथा तीव्र हावाहुरीको चेतावनी जारी गरिएको छ।

CP Hospital Dhangadhi

भारतको मौसम विज्ञान विभागका अनुसार चक्रवात सोमबार मध्यरात वा मङ्गलबार बिहान तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान छ। दक्षिणी आन्ध्र प्रदेशको तट पार गर्दा प्रतिघण्टा १०० देखि ११० किलोमिटर र अधिकतम १२० किलोमिटरसम्मको गतिमा हावा चल्न सक्ने विभागले जनाएको छ।

चक्रवात नेल्लोर र नरसापुरबीच ओङ्गोल सहरनजिकै तटमा प्रवेश गर्ने अनुमान गरिएको छ। अघिल्लो चक्रवातभन्दा मुरासु केही कमजोर हुने अपेक्षा गरिए पनि यसले पहिले नै प्रभावित क्षेत्रमा थप वर्षा गराउन सक्ने चेतावनी दिइएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

गत बुधबार आएको ‘अर्नब’ चक्रवातका कारण आन्ध्र प्रदेशको तटीय क्षेत्रमा भारी वर्षा हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको थियो। त्यसको प्रभाव पूर्ण रूपमा कम नहुँदै अर्को चक्रवात आउन लागेपछि स्थानीय बासिन्दामा थप जोखिम बढेको छ।

मौसम विभागले तीव्र हावाहुरीका कारण कमजोर घरका छाना उड्न, रूख ढल्न तथा भौतिक संरचनामा क्षति पुग्न सक्ने जनाएको छ। खेतमा रहेका बाली, फलफूलका बगैँचा र कृषि उत्पादनसमेत प्रभावित हुन सक्ने चेतावनी दिइएको छ।

बङ्गालको खाडी क्षेत्रमा चक्रवातको जोखिम नियमित रहने गरेको छ। एएफपीका अनुसार पछिल्लो चक्रवातले भारतको पूर्वी तटीय क्षेत्रका बासिन्दालाई पुनः प्रभावित पार्न सक्ने देखिएको छ।

Dhnagadhi & Krishanapur