धनगढीकोे एक्स्ट्रिम फ्यान पार्कमा एनपिएल हेर्न दर्शकको घुइँचो, नेपाली र स्थानीय भाषामा कमेन्ट्रीले थप्यो रौनक

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग प्रतिको बढ्दो आकर्षणसँगै धनगढीमा रहेको एक्स्ट्रिम फ्यान पार्कमा दर्शकहरूको घुइँचो लाग्ने गरेको छ । नेपाल प्रिमियर लिग तेस्रो संस्करणका खेलहरु ठूलो पर्दामा हेर्न फ्यान पार्कमा दिनहुँ दर्शकको चाप बढ्दै गएको हो ।

CP Hospital Dhangadhi

समर्थकहरू आफ्ना मनपर्ने टोलीको समर्थनमा हुटिङ गर्दै खेलको आनन्द लिने गरेका छन । क्रिकेट हेर्न आउने दर्शकको चाप बढ्दै जाँदा फ्यान पार्कमा उत्सवमय वातावरण देखिने गरेको छ । क्रिकेटको रोमाञ्चकता ठूलो पर्दामा हेर्न पाउने सुविधासँगै नेपाली र स्थानीय भाषामा समेत कमेन्ट्री हुने गरेको छ । जस कारण फ्यान पार्क दर्शकका लागि आकर्षणको केन्द्र बनेको छ । खेलको हरेक क्षणलाई आफ्नै भाषामा सुन्न र रमाउन पाउँदा दर्शकको उत्साह थप बढ्ने गरेको छ ।

फ्यान पार्कमा क्रिकेट खेलको प्रत्यक्ष प्रसारणसँगै विभिन्न सांस्कृतिक प्रस्तुतिहरू पनि आयोजना भइरहेका छन । यसले क्रिकेट हेर्न आउने दर्शकलाई मनोरञ्जनको थप अवसर प्रदान गरेको छ । खेलकुद र संस्कृतिलाई एउटै थलोमा जोड्ने प्रयासले फ्यान पार्कको माहोल थप उत्साहपूर्ण बनेको छ ।
क्रिकेट केवल खेल मात्रै नभई सामूहिक उत्सव र मनोरञ्जनको माध्यम पनि बन्न सक्छ भन्ने उदाहरण धनगढीको एक्स्ट्रिम फ्यान पार्कले प्रस्तुत गरिरहेको छ । स्थानीय भाषा, संस्कृति र क्रिकेटको संगम बनेको फ्यान पार्कले धनगढीमा क्रिकेटको माहोललाई थप जीवन्त बनाएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur