एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला २ लाख ८८ हजार ९०० पुग्यो

Image
Nisarga Hospital

नेपाली बजारमा सुनको मूल्यले एकैदिन ठूलो छलाङ मारेको छ। बिहीबार सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बिहीबार १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ६८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। बुधबार प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ।

CP Hospital Dhangadhi

त्यसैगरी, चाँदीको मूल्य १० ग्रामको ३ हजार ३६० रुपैयाँ ५० पैसा कायम भएको महासंघले जनाएको छ। पछिल्लो वृद्धिसँगै सुनचाँदीको कारोबार र बजार मूल्यमा थप चासो बढेको छ।

Dhnagadhi & Krishanapur