समाजसेवा र राजनीतिलाई सँगसँगै अघि बढाउँदै धर्मबहादुर बोगटी, कांग्रेस सुदूरपश्चिमको सह–महामन्त्रीमा उम्मेदवारी घोषणा

Image
Nisarga Hospital

धनगढीः  समाजसेवा र राजनीतिक यात्रालाई सँगसँगै अघि बढाउँदै आएका युवा नेता धर्मबहादुर बोगटीले नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको आगामी अधिवेशनमा प्रदेश सह–महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

CP Hospital Dhangadhi

सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका बोगटीले समाजप्रतिको जिम्मेवारीलाई राजनीतिक नेतृत्वसँग जोडेर अघि बढ्ने उद्देश्यसहित प्रदेशस्तरीय नेतृत्वमा दाबी प्रस्तुत गरेका हुन्। उनले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा सुदूरपश्चिम प्रदेशको समग्र विकास, पार्टीको संगठनात्मक सुदृढीकरण र राजनीतिक संस्कारमा सुधारलाई मुख्य प्राथमिकतामा राखेका छन्।

बोगटीले राजनीतिलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर संस्थागत पद्धति, पारदर्शिता र सामूहिक नेतृत्वका आधारमा सञ्चालन गर्नुपर्ने धारणा अघि सारेका छन्। पार्टीभित्र अग्रज नेताहरूको अनुभव, युवा पुस्ताको ऊर्जा र आम कार्यकर्ताको योगदानलाई एकीकृत गर्दै संगठनलाई थप मजबुत बनाउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

विशेषगरी युवा पुस्ताको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, पार्टी संगठनलाई समयानुकूल बनाउने र सुदूरपश्चिमका नागरिकका आवश्यकता तथा अपेक्षालाई राजनीतिक नेतृत्वसम्म पुर्‍याउने विषयलाई उनले प्राथमिकतामा राखेका छन्।

समाजसेवाका क्रममा प्राप्त अनुभव, जनतासँगको सम्बन्ध र राजनीतिक प्रतिबद्धतालाई पार्टीको जिम्मेवारीमा प्रभावकारी रूपमा उपयोग गर्ने उनको योजना छ। प्रदेश सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेसँगै उनले पार्टीका अग्रज नेता, सहयात्री तथा आम कार्यकर्तासँग सहकार्य र समर्थनको अपेक्षा गरेका छन्।

बोगटीले सुदूरपश्चिम कांग्रेसलाई थप एकताबद्ध, गतिशील र बलियो संगठनका रूपमा स्थापित गर्न सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरेका छन्। उनको उम्मेदवारी घोषणालाई आगामी प्रदेश अधिवेशनमा युवा नेतृत्वको दाबेदारीका रूपमा हेरिएको छ।

उनको सन्देश छ– व्यक्ति केन्द्रित होइन, संस्थागत र सामूहिक नेतृत्वमार्फत सुदूरपश्चिम कांग्रेसलाई नयाँ उचाइमा पुर्‍याउनुपर्छ।

Dhnagadhi & Krishanapur