
धनगढी: धनगढीको एलेनचोकमा धनतेरसको शुभ अवसर पारेर ‘धनगढी भाँडाबजार’ सञ्चालनमा आएको छ। गुणस्तरीय भाँडाकुँडा तथा घरायसी सामग्री सबैको घरघरमा पुर्याउने उद्देश्यसहित व्यवसाय सुरु गरिएको हो।

करिब ४० लाख रुपैयाँको लगानीमा गोरख चन्द र सुनिल बिष्टले संयुक्त रूपमा सञ्चालनमा ल्याएको भाँडाबजारमा १० रुपैयाँदेखि ३ हजार रुपैयाँसम्मका विभिन्न भाँडाकुँडा तथा घरायसी सामग्री उपलब्ध छन्।
यहाँ स्टिल, तामा, पित्तल तथा काँसका भाँडा, कुकर, कराही, प्रेसर कुकर, थाल, कचौरा, गिलास, चम्चा, डिनर सेट, टी सेट, पूजा सामग्री, अखण्ड दियो तथा भान्सामा प्रयोग हुने सम्पूर्ण सामग्री पाइने सञ्चालकले बताएका छन्।




ग्राहकलाई सहज र सुलभ सेवा दिने उद्देश्यले धनगढी तथा अत्तरियामा निःशुल्क होम डेलिभरीको व्यवस्था गरिएको छ भने नेपालभर पनि निःशुल्क होम डेलिभरी सेवा उपलब्ध गराइने जनाइएको छ।
धनतेरसको अवसरमा ग्राहकका लागि विशेष छुटको समेत व्यवस्था गरिएको छ। उचित मूल्यमा गुणस्तरीय सामान उपलब्ध गराउँदै ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राखेर व्यवसाय सञ्चालन गरिने सञ्चालक गोरख चन्द र सुनिल बिष्टले बताएका छन्।
भाँडाकुँडा तथा घरायसी सामग्री खरिद गर्न चाहने ग्राहकले धनगढीस्थित एलेनचोकमा रहेको धनगढी भाँडाबजारमा पुगेर सामान तथा मूल्यबारे जानकारी लिन सक्नेछन्।



































