अमेरिका–इरान युद्ध अन्त्य हुने आशाले कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० डलरमुनि

Image
Nisarga Hospital

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। अमेरिका र इरानबीच जारी युद्ध अन्त्य हुनसक्ने सङ्केत देखिएसँगै विश्व बजारमा तेलको मूल्य घटेर प्रतिब्यारेल ९० अमेरिकी डलरभन्दा तल झरेको हो।

CP Hospital Dhangadhi

अन्तर्राष्ट्रिय बजारको प्रमुख मानक मानिने ब्रेन्ट नर्थ सी क्रुडको मूल्य अगस्टयताकै पहिलोपटक ९० डलरभन्दा तल पुगेको छ। यसको मूल्य ३.१ प्रतिशतले घटेर प्रतिब्यारेल ८९.६६ डलर कायम भएको छ।

त्यस्तै, अमेरिकी बजारको प्रमुख मानक वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) को मूल्य पनि घटेको छ। यसको मूल्य २.३ प्रतिशतले ओरालो लाग्दै प्रतिब्यारेल ८४.८६ डलरमा झरेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानसँगको युद्ध अन्त्य गर्ने दिशामा सकारात्मक प्रगति भइरहेको बताएका थिए। उनको यही अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय बजारमा तेलको आपूर्ति सहज हुनसक्ने अपेक्षाले मूल्यमा दबाब परेको हो।

यद्यपि, ट्रम्पले इरानमाथि थप सैन्य आक्रमण गर्ने सम्भावनालाई भने अस्वीकार गरेका छैनन्। यसले आगामी दिनमा तेलको मूल्यमा उतारचढाव कायम रहनसक्ने सङ्केत गरेको छ।

Dhnagadhi & Krishanapur