गाजामा इजरायली हवाई आक्रमणमा प्यालेस्टिनी फुटबल क्लबका कप्तान अब्देल-मालेकको मृत्यु

Image
Nisarga Hospital

गाजामा इजरायलले गरेको हवाई आक्रमणमा प्यालेस्टिनी फुटबल खेलाडी महमुद कमल फारिस अब्देल-मालेकको मृत्यु भएको छ। प्यालेस्टिनी फुटबल सङ्घ (पीएफए) का अनुसार गाजा स्पोर्ट्स क्लबका २० वर्षीय कप्तान तथा गोलकिपर अब्देल-मालेक मङ्गलबार गाजा सहरको दक्षिणी सब्रा क्षेत्रमा भएको आक्रमणमा मारिएका हुन्।

CP Hospital Dhangadhi

पीएफएका अनुसार सन् २०२३ अक्टोबरदेखि जारी युद्धमा ज्यान गुमाउने उनी खेलकुद क्षेत्रसँग सम्बन्धित १ हजार १७ औँ व्यक्ति हुन्। उनको मृत्यु ‘थाउजेन्ड मार्टियर्स कप’ को फाइनल खेलेको पाँच दिनपछि भएको हो। उक्त प्रतियोगितामा गाजा, वेस्ट ब्याङ्क र लेबनानका प्यालेस्टिनी शरणार्थी शिविरबाट २०० भन्दा बढी क्लब सहभागी थिए।

यसअघि गत शुक्रबार खान युनिस क्षेत्रमा साथीहरूसँग फुटबल खेलिरहेका १५ वर्षीय मोहम्मद निदाल बारबाक पनि इजरायली सेनाको गोलीबाट मारिएका थिए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

प्यालेस्टिनी खेल अधिकारीहरूका अनुसार इजरायली आक्रमणबाट गाजाका खेलकुद संरचनामा ठूलो क्षति पुगेको छ। ५६ मध्ये ५० भन्दा बढी खेलकुद क्लब तथा करिब २० वटा फुटबल मैदान ध्वस्त भएको दाबी गरिएको छ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबर ७ यता इजरायली आक्रमणमा कम्तीमा ७४ हजार ६४५ जनाको मृत्यु र १ लाख ७५ हजार ९७८ जना घाइते भएका छन्।

Dhnagadhi & Krishanapur