
काठमाडौं: सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपाल अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन बंगलादेश प्रस्थान गरेका छन्। अन्तर्राष्ट्रिय स्तरको उक्त साहित्यिक कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै उनी बंगलादेश गएका हुन्।

सम्मेलनका क्रममा कुलपति नेपालले सुदूरपश्चिम प्रदेशको मौलिक पहिचानसहित समग्र नेपाली भाषा, साहित्य, कला र संस्कृतिका विविध आयामबारे आफ्नो धारणा तथा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
उनको यस सहभागिताले नेपाली साहित्य र सुदूरपश्चिमको सांस्कृतिक महत्त्वलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्न महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको सदस्य सचिव सुरत रावत ‘डोटेली कान्छा’ले बताएका छन्।






























