सन्दीपको कप्तानीमा राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको १५ सदस्यीय टोली घोषणा

Image
Nisarga Hospital

कतारमा नोभेम्बर १९ देखि २९ सम्म आयोजना हुने एसीसी मेन्स राइजिङ स्टार्स एसिया कपका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा गरिएको छ।

CP Hospital Dhangadhi

टोलीमा सन्दीपसँगै बसिर अहमद, कुशल भुर्तेल, सन्दीप जोरा, देव खनाल, सोमपाल कामी, अर्जुन कुमाल, पवन सर्राफ, ईशान पाण्डे, ललित राजवंशी, दीपक डुम्रे, अभिषेक गौतम, रासिद खान, लोकेश बम र नन्दन यादव छन्।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ। यस समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएई रहेका छन्। समूह ‘ए’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ छन्। भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले ‘ए’ टोली सहभागी गराउँदा नेपाल, यूएई र हङकङले सिनियर राष्ट्रिय टोली खेलाउन पाउनेछन्।

नेपालले नोभेम्बर २० मा भारत ‘ए’ विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। त्यसपछि नोभेम्बर २२ मा यूएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् भने फाइनल नोभेम्बर २९ मा हुनेछ। नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै प्रतियोगितामा छनोट भएको हो।