कतारको अर्थतन्त्रमा युद्धको धक्का, नेपाली श्रमिकको रोजगारी जोखिममा

Image
Nisarga Hospital

पश्चिम एसियामा जारी युद्धका कारण कतारको अर्थतन्त्र संकटमा पर्दा त्यहाँ कार्यरत नेपालीसहित विदेशी श्रमिकको रोजगारी जोखिममा परेको छ। प्राकृतिक ग्यास उत्पादन तथा निर्यातमा अवरोध आएपछि सरकारी आम्दानी, पर्यटन, व्यापार र निजी क्षेत्र प्रभावित बनेका छन्।

CP Hospital Dhangadhi

वैदेशिक रोजगार विभागका अनुसार युद्ध सुरु भएपछिको ६ महिनामा कतार जाने नेपालीको नयाँ श्रम स्वीकृति ३५.०८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष सोही अवधिमा २८ हजार १०४ जनाले श्रम स्वीकृति लिएकामा पछिल्लो अवधिमा यो संख्या करिब १८ हजारमा झरेको छ।

विश्व बैंकको अक्टोबर २०२६ को प्रतिवेदनले कतारको अर्थतन्त्र २०.९ प्रतिशतले संकुचन हुने प्रक्षेपण गरेको छ। रास लाफानस्थित ग्यास उत्पादन केन्द्रमा भएको आक्रमणपछि निर्यात क्षमता प्रभावित हुँदा मार्चदेखि अगस्टसम्म ग्यास निर्यात ९६ प्रतिशतले घटेको उल्लेख छ।

यसैगरी, सन् २०२६ को पहिलो छ महिनामा सरकारी आम्दानी ४१.९ प्रतिशतले घटेको छ भने पर्यटन, होटल, निर्माण तथा सेवा क्षेत्रमा समेत मन्दी देखिएको छ।

पूर्वराजदूत नारदनाथ भारद्वाजले युद्ध लम्बिए नेपाली श्रमिकको नयाँ भर्ना घट्नुका साथै भइरहेको रोजगारीसमेत कटौती हुन सक्ने जोखिम औँल्याएका छन्।