गोदावरीका नदीबाट नदीजन्य पदार्थको अबैध उत्खननमा प्रयोग भएका गाडी जरिबाना गरी छोडिदै !

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिकामा रहेको खोला नदीबाट नदीजन्य पदार्थको अबैध उत्खननमा प्रयोग भएका गाडी जरिबाना गरेर छाड्ने निर्णय भएको छ।

CP Hospital Dhangadhi

आइतबार जिल्ला स्तरीय अनुगमन समितिको टोलीले गोदावरी, खुटिया र खैराना नदीबाट १९ वटा ढुवानीका साधन नियन्त्रणका बिषयमा भएको छलफलमा नदीजन्य पदार्थ अबैध रुपमा उत्खननमा प्रयोग भएका गाडी जरिबाना तोकेर छाड्ने निर्णय भएको हो। नदीजन्य पदार्थ ढुवानी तथा उत्खनन गर्ने सवारीमा ३ हजार देखि ५० हजारसम्म जरिबाना भराउने गरि गाडी छोड्ने निर्णय भएको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको विषय सार्वजनिक भएपछि उक्त टोली तीनवटै नदीको अनुगमन गरेको थियो । जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा रहने समितिमा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, वन र आन्तरिक राजस्वका प्रमुख सदस्य रहने प्रावधान छ । समितिका संयोजक तथा जिल्ला समन्वय समिति कैलालीका कार्यबाहक प्रमुखको अध्यक्षतामा बसेको बैठकपछि नदीको अनुगमन गरिएको थियो।

तीनवटै नदीबाट १० वटा टिपर, ३ वटा स्काभेटर, ३ वटा जेसीबी र ३ वटा ट्याक्टर प्रहरीले कब्जामा लिएको थियो । कब्जामा लिएका १९ वटै ढूवानीका साधन जरिबाना गरेर छोड्ने सहमति बुधबार भएको हो । तीनवटा स्काभेटरलाई एक लाख ५० हजार, ६ वटा जेसीबीलाई एक लाख ८० हजार, तीनवटा टिपरलाई ९० हजार र तीनवटा ट्याक्टरलाई ९ हजार पहिलोपटकका लागि जरिबाना गरेर छोड्ने निर्णय भएको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताए ।

Dhnagadhi & Krishanapur