अत्तरिया महोत्सव नक्कली ठेली प्रकरणमा हिरासतमा रहेका चारै जना छुटे

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरिया भएको महोत्सवमा नक्कली ठेली प्रकरणमा प्रहरी हिरासत भित्र रहेका ४ जना मंगलबार थुनामुक्त भएका छन् । उनीहरु जिम्मा जवानीमा छुटेका हुन । नक्कली टिकटको ठेली भने प्रहरीले प्रयोगशालामा पठाएको छ जसको रिपोर्ट भने अझै आएको छैन । सरकारी वकील कार्यालयले आवश्यक परेको जुनसुकै बेला झिकाउने गरि फाईल फिर्ता गरेको जनाएको छ ।

CP Hospital Dhangadhi

प्रहरीले यसलाई अनुसन्धान जारी राख्ने नै भएको छ । महोत्सव आयोजक अत्तरिया उद्योग बाणिज्य संघका महासचिव शंकर खड्का, सचिव दिलिपकुमार साउँद, कार्य समिति सदस्य बमबहादुर बोगटी र दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसका स्वबियु सभापति भुबन महरा २० दिन पछि छुटेका हुन ।

उनीहरु विरुद्ध संघका अध्यक्ष कल्याण सिं बोहराले किटानी दिएका थिए । किटानी दिएपछि प्रहरीले उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर उनीहरु माघ १९ गते प्रहरी समक्ष आफै गएका थिए । प्रहरीले उनीहरुको पटकपटक बयान अनुसन्धान लिएको थियो । सोही केसमा पक्राउ पुर्जी जारी भएका संघका बर्तमान अध्यक्ष कल्याण सिँ बोहरा र निबर्तमान अध्यक्ष अशोकराज देबकोटा भने अहिलेसम्म फरार नै रहेका छन् । झन्डै २५ बढी नक्कली ठेली संघले प्रहरीलाई बुझाईसकेको छ । गत पुषमा अत्तरियामा उद्योग वाणिज्य संघले लगाएको प्रादेशिक महोत्सवमा नक्कली ठेली प्रयोग भएको पाइएको थियो । नक्कली ठेली संघका महासचिव खड्काले नै नियन्त्रणमा लिएका थिए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur