अत्तरियाका युवा नेता ‘आगो’ लाई सामाजिक सेवा सम्मान सहित अभिनन्दन

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका अत्तरियाका लोकराज पाण्डे ‘आगो’ लाई सामाजिक सेवा सम्मान–२०८० सहित अभिनन्दन गरिएको छ ।

CP Hospital Dhangadhi

जिल्लाको गोदावरी नगरपालिका–३ चौकीडाडामा रहेको खप्तड विद्या निकेतनले आफ्नो २० औँ बार्षिकोउत्सव तथा अभिवावक दिवसमा सम्मान–२०८० सहित अभिनन्दन गरेको हो ।

शनिबार वार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्यामबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिस्ठानका उप कुलपति डा. टिएन जोशी प्रमुख अतिथि रहेका थिए ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

विद्यालयले समाजिक जागरण, शैक्षिक अधिकार र हक अधिकार पहिचानका मुद्दामा अग्रणी नेतृत्व गरे वाफत आगोलाई अभिनन्दन गरेको हो आगो लामो समयदेखि समाजिक मुद्दा उठान गर्दै आएका छन ।

विशेष गरी लोकतान्त्रिक आन्दोलनका निमित्त पटक–पटक भएका आन्दोलनमा समेत सक्रिय अभियान्तको रुपमा भूमिका निर्वाह भएकाले सामाजिक जागरण, शैक्षिक र सांस्कृतिक रुपान्तरण तथा यस क्षेत्रको हक अधिकार र पहिचानका मुद्धामा अग्रणी नेतृत्व पुर्यानु भएको विशिष्ट योगदानको कदर गर्दै अभिनन्दन गरेको सम्मान पत्रमा उल्लेख गरिएको छ ।

Dhnagadhi & Krishanapur