भारतीय पर्यटकले आजदेखि नेपालमा फोनपे क्यूआरमार्फत भुक्तानी गर्नसक्ने

Image
Nisarga Hospital

भारतीय पर्यटकले आजदेखि नेपालमा फोनपे क्यूआरमार्फत भुक्तानी गर्नसक्ने भएका छन्। नेपालको भुक्तानी सञ्चालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीच भएको समझदारी अनुरुप बुधवारदेखि यो सुविधा प्रारम्भ भएको हो।

CP Hospital Dhangadhi

यसअन्तर्गत भारतमा भिम यूपीआई र फोनपे भुक्तानी सेवाप्रदायक प्लेटफर्म प्रयोग गर्दै आएका ग्राहकले नेपालमा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन्। यो सेवा लिन भारतीय प्रयोगकर्ताले फोनपे वा भिम एपमा इन्टरनेसनल यूपीआई पेमेन्ट्स एक्टिभेट गर्नुपर्छ। यसपछि उनीहरूले नेपाल आउँदा फोन पे क्यूआरमा स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्।

भुक्तानी गर्दा लाग्ने सेवा शुल्क भने वालेट तथा वित्तीय संस्था आफैंले निर्धारण गर्नेछन्। भारतीय ग्राहकले नेपालमा भुक्तानी गर्न पाउने सुविधा सुरु भएपनि नेपाली सेवाग्राहीले भने तत्काल भारतमा भुक्तानी गर्न पाउने छैनन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur