
नेकपा (एमाले) बैतडीको नवौँ अधिवेशनबाट अध्यक्षमा नरेश कुमार विक सर्वसम्मत चयन भएकाछन् । सोमबारदेखि सुरु भएको अधिवेशनले मंगलबार विश्वकर्मा सहित सबै पदाधिकारीहरु सर्वसम्मत चयन भएको निर्वाचन कमिटि संयोजक कर्ण बहादुर कुवरले बताए ।

पार्टीको जिल्ला उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचीवमा हजारी सिंह साउद, उपसचीवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएकाछन् । पार्टी अध्यक्षका लागि ६ जनाले दावी पेश गर्दा नेताहरु संगको गहन छलफलपछि विश्वकर्माको अध्यक्षतामा नेतृत्व चयन भएको हो ।
नेकपा एमाले बैतडीको नयाँ कमिटि ९०जनाको हुनेछ भने लेखा समितिका ७ जना चयन हुनेछन् । जिल्लामा सर्वसम्मत नेतृत्व चयन गर्न पार्टी केन्द्रीय कमिटी सदस्य एंव नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारी सहितका नेताहरुले २दिनसम्म गहन छलफल गरेका थिए ।




जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दैका लागि वरिष्ठ केन्द्रीय उपाध्यक्ष इश्वर पोख्रेल बैतडी पुगेका थिए ।सहमतीमै नेतृत्वको टुंगो लगाएर पार्टी केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारी बिहानै काठमाण्डौका लागि प्रस्थान गरिसकेका छन् ।


































