
बैतडी: अवैध काठकाे गाेलिया र ट्रकसहित बैतडीमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाकाे पञ्चेश्वर गाउँपालिका २ घर भएका सु प प्र ०२ ००१ ख १२१८ नम्बर ट्रकका चालक ४० वर्षीय लक्ष्मण चन्द रहेका छन्।

अवैध काठ ओसारपसार भइरहेको विशेष सूचनाकाे आधारमा चन्दलाई मेलाैली नगरपालिका ७ हरिपुर बजारबाट ट्रक र काठसहित नियन्त्रणमा लिइएको हाे।
ट्रक र ५ थान सल्लाकाे गाेलियासहित नियन्त्रणमा लिइएका चन्दलाई आवश्यक कार्वाहीका लागि सव डिभिजन वन कार्यालय कुलाउमा बुझाइएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक नन्दराज जाेशीले जानकारी दिनुभयो ।






































