गोदावरी-४ को पहाडी क्षेत्र बन्देगाडाबाट जग्गा नापी सुरु

Image
Nisarga Hospital

अत्तरिया: गोदावरी नगरपालिका वडा नं ४ को पहाडी बेल्ड मानिने क्षेत्रहरुमा आज बाट जग्गा नापजाँच सुरु भएको छ।

CP Hospital Dhangadhi

यस क्षेत्रको बन्देगाडा, फूलबस्ति, मुरिभावर, चौकिगडा, गैरिगडा, भ्यागुतेपानी , हाटखोली, पट्रेनी, काफलपानी बेलपानीमा जग्गा नापी सुरु भएको छ ।

गोदावरी नगरपालिका – ४ को पहाडी भेगमा पहिलो पटक सुरु गरिएको नापीको नगरप्रमुख विरेन्द्र भट्टले DGPS बाट सुरुको पोईन्ट फिक्स गरी नापजाँचको काम अगाडी बढेको छ ।

गोदावरीको वडा न.४ मा रोकिएको जग्गा नापीको काम आज बिहीबार गोदावरी नगरपालिका – ४ को बन्देगडाबाट शुरु गरिएको हो ।

जग्गा नापीको उद्घाटन सत्रमा नगरप्रमुख भट्टले भने गाउँबस्तीमा आपसी मतभेद सँगै समस्या आउछन तेस्ता समस्या नआउने गरी जति सक्दो छिटो काम सकाउने गरी अगाढी बढाउन प्राबिधिक टिमलाई निर्देशन दिए ।


नगरपालिकाले वडा नम्बर ४ का पहाडी भेगमा रहेका अव्यवस्थित बसोबासी, भूमिहिन दलित, भूमिहीन सुकुम्बासीको जग्गा नापजाँच गर्न सुरु गरेको हो ।

यस क्षेत्र सँगै वडा न ४ का बन्देगाडा, फूलबस्ति, मुरिभावर, चौकिगडा, गैरिगडा, भ्यागुतेपानी , हाटखोली, पटेनी, बेलपानी लगायतका ठाउँहरुमा आज देखि नै जग्गाको नापजाच गर्ने काम सुरु भएको जानकारी अमिन रघुनाथ जोशीले बताए ।

जग्गा नाप जाँच कार्यक्रममा प्राबिधिक टिम लगायत स्थानिय जनाको उपस्थिति रहेको थियो । यस क्षेत्रको जग्गा नापी उद्घाटन कार्यक्रमको सभापतित्व वडा न. ४ का वडा अध्यक्ष हेमप्रकाश मल्लले गरेका थिए भने कार्यक्रम संचालन जिल्ला भूमि आयोगकका सर्वेक्षक विरेन्द्र बहादुर सिंहले गरेका हुन ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]