
बैतडी: जिल्लाकाे तल्लाेस्वराडस्थित मेलौलीमा कपडा बैंकको शाखा संचालनमा आएको छ। बैतडीको शाहिलेकमा सञ्चालित कपडा बैंकले मेलौलीमा शाखा सञ्चालन गरेको बैंकका संयोजक महेश दत्त भट्टले बताउनुभयाे।

कपडा बैंक बैतडीका सयोजक भट्टको अध्यक्षतामा शाखाको उदघाटन गरिएको छ। उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मणिलेक नमुना माबिका प्रधानाध्यापक देव दत्त कलौनी, बिशिष्ट अतिथि मेलौली ३ का वडा अध्यक्ष गगन सिह भाट्, मेलौली ९ का वडा अध्यक्ष लोकराज भट्ट लगायतका समाजसेवीहरुको उपस्थिति रहेको थियो।
“हुनेले दिएर सहयोग गरौँ, नहुनेले लगेर सहयोग गरौँ” भन्ने अभियानका साथ आज (चैत्र १ गते) देखि कपडा बैंकको शाखा संचालनमा आएको हो। मेलौलीमा शाखा सञ्चालन भएसगै पहिलो दिन ५ जनालाई कपडा वितरण गरिएको छ।




कपडा बैंकले असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसमअनुसार कपडा उपलब्ध गराउन मद्धत गर्ने जनाइएको छ। कपडा बैंकमा कपडा दिएर सहयोग समेत गर्न सकिने छ।
कपडा बैंकका संयोजक भट्ट गत बिगतदेखी नै समाजसेवामा सकृय ब्यक्ति हुन। बेला बेलामा समाजिक सञ्जाल मार्फत आर्थीक संकलन अभियान सञ्चालन गरेर नाजुक अवस्था भएका ब्यक्तिहरुलाई सहयोग गर्दै आईरहेका छन।


































