महिला कबड्डी: काठमाडौंलाई हराएर मेलाैली सेमिफाइनलमा

Image
Nisarga Hospital

बैतडी: भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन भएको अन्तरपालिका महिला कबड्डी प्रतियोगितामा काठमाडौं महानगरपालिकालाई हराएर बैतडीको मेलौली नगरपालिका टाेली सेमिफाइनलमा पुगेको छ ।

CP Hospital Dhangadhi

आज सम्पन्न क्वाटरफाइनलमा काठमाडौंलाई २४-५६ काे सेटमा हराउदै मेलाैली अन्तिम चारमा सुरक्षित भएकाे मैलाैली नगरपालिकाका नगर खेलकुद संयाेजक सागर भण्डारीले जानकारी दिनुभयाे।

मेलौलीले सेमिफाइनलमा अब भिमदत्त नगरपालिकासंग भिड्नेछ ।
अखिल नेपाल कबड्डी सङ्घबाट मान्यता प्राप्त कबड्डी प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार, दोस्रोलाई १ लाख, तेस्रो र चौथोलाई ५० हजार पुरस्कार राखिएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

नेपालमै पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा बैतडीको मेलौली नगरपालिका पनि सहभागि भएको छ।

Dhnagadhi & Krishanapur