एमाले नेता भीम रावललाई गृह जिल्लाको अधिवेशनमै निषेध गर्ने प्रयास

Image
Nisarga Hospital

नेकपा एमालेका पूर्व उपाध्यक्ष नेता भीम रावललाई एमाले नेताहरूले नै निषेधमाथि निषेध गर्ने प्रपञ्च गरिरहेको खुलेको छ । उनलाई पार्टी जिम्मेवारीबाट विमुख राख्न निकै ठुलो चलखेल जारी रहेको र त्यसमा केन्द्रदेखि अछाम जिल्ला तहसम्मका नेता कार्यकर्ताहरू पनि सक्रिय रहेको खुलेको छ ।

CP Hospital Dhangadhi

भीम रावललाई जिम्मेवारी दिएर काममा फर्काउनका लागि जिल्ला कमिटी अछामको बैठकमा रावल समर्थक नेता कार्यकर्ताहरूले प्रस्ताव पेस गरेका भए पनि बैठकका शीर्ष नेताहरूले भने उनीहरूको मागलाई बैठकको एजेन्डामै राख्न अस्वीकार गरेका छन् । त्यही विषयलाई लिएर फागुन २७ गते मंगलसेनमा बसेको जिल्ला कमिटीको बैठक दुई घण्टासम्म अवरुद्ध भएको बुझिएको छ ।

रावल समर्थक एक नेताका अनुसार यसअघि भीम रावलसँग वार्ता गर्न गठित कमिटीको सक्रियता र निष्कर्षमा पु¥याउन माग गरिएको थियो । तर जिल्ला अध्यक्ष चन्द्र बोहरा, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, अछाम जिल्ला इन्चार्ज लालबहादुर थापा र केन्द्रीय कमिटी सदस्य यज्ञ बोगटीले नेतृत्व गरेको उक्त बैठकमा उनीहरूले एजेन्डा नै समावेश हुन दिएनन् ।
रावल समर्थक नेता कार्यकर्ताको मागप्रति जिल्ला अध्यक्ष बोहरा, जिल्ला इन्चार्ज थापा र प्रदेश अध्यक्ष जैशीले निषेधको भूमिका निर्वाह गरेका थिए भने केन्द्रीय सदस्य बोगटी मौन रहेको एक नेताले बताए ।

nawajiwan
Attariya Hospital

एमालेले २०७९ चैत १८ गते सचिवालय बैठकद्वारा रावलसँग वार्ता गरी निष्कर्षमा पुर्‍याउन तीन सदस्यीय वार्ता टोली बनाएको थियो उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सह इन्चार्ज कर्ण थापा रहेको टोली बनाइएको थियो । उक्त टोलीले २०८० वैशाख ३ गते पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा रावलसँग वार्ता गरेको थियो । त्यस दिन भएको कुराकानी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अवगत गराइने बताइएको थियो । त्यसपछि रावललाई पार्टी थप निर्णय लिने भनिएको थियो । तर त्यस यता त्यससम्बन्धी कुनै क्रियाकलाप भएका छैनन् । जसप्रति रावल समर्थक नेता कार्यकर्ताहरूको चरम असन्तुष्टि देखिन्छ ।

अर्कोतिर यसअघि प्रदेश कमिटीले अछाम जिल्ला अधिवेशन चैत १९–२० गते गर्ने निर्णय गरेको थियो । तर फागुन २७ गते प्रदेश अध्यक्ष नै उपस्थित रहेको जिल्ला कमिटीको बैठकले प्रदेशकै बैठकको निर्णयलाई अवज्ञा गर्दै अधिवेशनको मिति सारेर जेठमा गर्ने निर्णय गरेको बुझिएको छ । चन्द्र बोहरा अध्यक्षमा पुनः दोहोरिन चाहन्छन् भने शिवप्रसाद उपाध्याय अध्यक्षका आकांक्षी छन् । उनीहरू एमालेमा एकै गुटका भएकाले सम्भावित टकराबलाई पन्छाउन अधिवेशन पर सार्ने रणनीति लिइएको एक नेताले बताएका छन् ।