कर्णालीकी चेली संगीता बडुवालको मोहनी लगाउने स्वर, यति मिठो देउडा गाएर सबैलाई चकित पारिन हेर्नुस

Image
Nisarga Hospital

नेपालको सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा गाइने प्रचलित गीत हो, देउडा । यसलाई देउडा भाषीका, देउडा गीत, लोक देउडा आदि नामले चिन्ने गरिएको पाइन्छ ।

CP Hospital Dhangadhi

देउडा भाषीका खासगरी सुदूरपश्चिमाञ्चलका ग्रामीण जिल्लाहरू बैतडी, अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी, डडेलधुरा लगायतका जिल्लाहरूमा प्रचलित छ । यस्तै मध्यपश्चिमाञ्चलका कालिकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा, दैलेख, र जाजरकोट जिल्लाहरूमा मुख्यरूपमा रुसपमा रहेको छ । देउडा गीत पश्चिमेली भाषामा गाइने गरिएको छ ।

देउडा गीतको सुरुवात खस भाषिकाको सभ्यतासँगै सुरु भएको अनुमान छ । कतिपय ठाउँमा पहिलेका दिन र अझै अहिलेका दिनहरूमा देउडा गीत गाउन देउडा भाषिका बोल्न लाज मान्ने चलन पनि प्रचलित रूपमा भेटिन्छ । त्यो अवस्थामा देउडा गीतको गीतबाट नै छोरेट्टा (केटा) र छोरेट्टी (केटी) बीच सवाल जवाफ चल्ने गर्छ ।

यति मात्र होइन देउडा गीतबाट नै कतिपयका घरवार बसेका अर्थात् देउडा गीत गाउन जाँदा गाउने र सवाल जवाफ गर्ने ठाउँमा केटा र केटीको एक आपसमा माया प्रेम चलेर विवाह भएको कुरा पनि बुढापाकाबाट सुन्नमा पनि आउँछन् ।