कांग्रेस गोदावरी नगरसमितिका सचिव देवकोटा निलम्बनमा

Image
Nisarga Hospital

अत्तरिया : नेपाली कांग्रेस गोदावरी नगरसमितिले अशोकराज देवकोटालाइ निलम्बन गरेको छ । कार्यसमितिका सचिव रहेका देवकोटालाइ (आज) शनिवार बसेको बैठकले निलम्बन गरेको हो ।

CP Hospital Dhangadhi

अत्तरिया उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका देवकोटाको नक्कली टिकट ठेली प्रकरणमा नाम मुछिएकाले उनलाइ निलम्बन गरिएको समितिका सचिव योगेश भट्टले जानकारी दिए ।

उनका अनुसार उक्त घटनामा निस्पक्ष छानबिन होस भन्दै देवकोटालाइ छानबिन अवधी सम्मका लागि निलम्बन गरिएको हो ।

अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको आठौ संस्करणको सुदुरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टिकट ठेली भेटिएका थिए । उक्त प्रकरणमा निवर्तमान अध्यक्ष सहितका केही ब्यक्तिहरुको नाम मुछिएको थियो ।

प्रहरिले उनलाई खोजिरहेको छ भने उनि सम्पर्क विहिन भएका छन् । उनि संगै वर्तमान अध्यक्ष कल्याण सिंह बोहरा पनि सम्पर्क विहिन रहेका छन् ।