
रमेश बहादुर सिंह/ बझाङ: बझाङ जिल्लाको खष्तडछाना गाउँपालिकामा छाउपडी प्रथा उन्मूलन समब्धित प्राभावकारी बन्दै गहिरहेको छ।ग्रिनतारा नेपाल ग्रामीण शिक्षा तथा वातारण विकास केन्द रिडनेपाल को सहयोग मा खष्तडछाना गाउँपालिकामा वडा नं ७को गोखाली र धतिवाडामा महिलाहरु लाई तालिममा सहभागी गराई छाउपडी प्रथा सम्बधित जनचेतना मुलक सन्देश दिएर महिलाहरू लाई निकै प्रभावित गरेको पाइएको छ।

छाउपडी प्रथा नभइ एउटा महिलामा हुने नियमित परिक्रया हो। यसलाई कुनै पनि कुराहरु मा भेदभाव नगरी कार्यान्वयन गर्न स्थानिय महिला र धामि पुजारी लाई बिभिन्न तामिल गोष्ठी गरेको ग्रिरिनतारा नेपालकी कर्मचारी प्रतिमा बस्यालले जानकारी दिनुभयो।यस कार्यक्रम बाट आफुलाई निकै प्रभावित बनाएको स्थानीय महिला रत्नारुपा सिहले बताइन। पहिला आफुहरुले परम्परागत रुपमा बाहिर बस्दै आएको र सामान्यतया बाहिर हुदा कुनै पनि कुराहरु मा जानकारी नभएको उहाँको भनाइ रहेको थियो। अहिले जुन यो कार्यक्रम लागु भइसकेपछि आफुहरुले सरसफाई बाहिर भएको बेला प्रयोग गर्न प्याड को बारेमा जानकारी भएको र आफुले पनि गाउँ घरमा लागु गरेको बताइन। यो कार्यक्रम लागु भएपछि सामान्यतया घर बाहिर बस्न नपरेको र आपनो घरमा भएको महिला लाई पनि घरमा बस्न जानकारी दिएको धामी बिरमल चौहान ले बताए।
आफुलाई १६बर्ष धामी भएको र अहिले यो कार्यक्रम ले छाउपडी प्रथा भनेको यस्तो हो भनेर सहयोग गरेपछि आपनो घरपरिवारलाई मिन्स भएको बेला घर भित्र बस्ने बातावरण गराएको बताए। आफुलाई पनि कुनै कुरा को अठ्यारौ नभएको धामी बिरमल ले जानकारी दिनुभयो।यस पालिका भित्र ग्रिनतारा नेपाल ग्रामीण शिक्षा तथा वातारण केन्द्र रेड नेपाल र गरिमा परियोजना लागु भएपछि छाउपडी प्रथा र भेदभाव रहित समाजको सृजना गर्ने ठुलो सहयोग पुगेको देखिन्छ छ।
पुरानो परम्परा लाई अन्तै गर्दै नयाँ सोच बिचारमा महिलाहरुको क्षेमता अभिवृद्धि भएको पाइएको छ।यस परियोजना बाट शैशिक क्षेत्रमा पनि सुधार आएको छ भने बिधालय मा बाहिर भएको बेला नजाने बिधार्थी हरुको पनि क्षेमता वृद्धि भएको बुझिएको छ। कक्षा ८मा पढने पुजा सिंह को भनाइ अनुसार आपनो घरमा आमा दिदी बाहिर भएको बेला घर भन्दा धेरै टाढा बस्ने गरेको बताउँदै आफु बालक्लव को अध्यक्ष भएर ग्रीन तारा नेपालको कार्यक्रम मा सहभागी भएपछि भेदभाव र छाउपडी प्रथा को बारेमा बुझ्ने मौका मिलेको बताइन्।
त्यस कार्यक्रम मा आफुले सिकेका कुराहरुलाई सबै भन्दा पहिले आपनो घरपरिवारमा आफु वाट लागु गरेर अहिले दिदी आमा आन्टी सबै बाहिर सरेको बेला घरभित्र बस्ने बातावरण गरेको सिंह ले जानकारी दिइन्। यो कार्यक्रम ले समाजमा भएको परम्परागत लाई अन्तै गर्ने र महिलाहरुमा हुने असर न्युनिकरणका गर्ने ठुलो मद्दत गरेको स्थानिय जानकार बताउछन्।





























