
अत्तरिया : चर्चित मोडेल अनु खड्का र हेमराज ओझाको मोडेल/अभिनय रहेको झल्का तिलहरी गित सार्वजनिक भएको छ । हेमराज जोशी र मनिशा सुनारको स्वरमा रहेको गितलाई Chautari Music युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । सुदूरपश्चिमको मौलिक देउडा संस्कृतीलाई उजागर गर्दै कैलालीको अत्तरिया आस पासमा छायाङ्कन गरिएको गित हेमराज जोशीको उत्कृष्ट शब्द रहेको भने उक्त गितको सङ्गीत स्वयम हेमराज जोशीले गरेका छन ।

रमेश बिजुली बिसिको कोरियोग्राफर र निर्देशनमा रहेको उक्त गितलाई अमृत उपाध्यायले छायांङ्कन गरेका छन । यसपटक पनि सुदूरका जनताहरुले देउडा गित मार्फद यहाँका बिद्यामान अबस्थामा के कस्ता क्रियाकलाप हुदै गरेका छन, उक्त कार्यलाई गितको मार्फद उतारेर बजारमा ल्याएका छन ।
यस गितको म्यूजिक भिडियो सुदूरपश्चिमको मौलिक झल्को दिने गरी कैलालीमा छायाङ्कन गरीएको गाउँ परवेश लाई भिडियोमा कैद गरी छायाड्ढन गरीएको हो ।




























