लोकेश बमको शतकका बाबजुद आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो

Image
Nisarga Hospital

नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ ले शुक्रबार खेलिएको पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाल ‘ए’ माथि २१ रनको रोमाञ्चक जित हासिल गरेको छ । लोकेश बम र आरिफ शेखवाहेक अन्य ब्याट्सम्यान चल्न नसक्दा जितको अन्यन्तै नजिक पुगेर पनि नेपाली टोलीले लक्ष्य चुम्न सकेन ।

CP Hospital Dhangadhi

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय २२ रन बनाएको थियो । विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले भने १९.३ ओभरमा अलआउट हुनुअघि दुई सय एक रनमात्र बनाउन सक्यो ।

नेपालका लागि शतक हानेका लोकेशले ५६ बलमा ९ चौका र ८ छक्का प्रहार गर्दै १०६ रन बनाएका थिए। त्यस्तै आरिफ शेखले १ चौका र ५ छक्का हानेर ४९ रन बनाए।लोकेश र आरिफको विकेटपछि कुनै पनि ब्याटरले टिकेर खेल्न सकेनन्।

त्यसअघि कप्तान विनोद भण्डारीले १६ रन बनाएका थिए। बलिङतर्फ आयरल्याण्ड वुल्भ्सका फियोन ह्यान्ड र म्याथ्यु हम्फ्रेजले ३/३ विकेट लिए भने म्याथ्यु फोस्टरले २ विकेट तथा थोमस मेइन गोभिन होइले एक/एक विकेट लिए।