रञ्जिताले पार्टीका दुई प्रदेश अध्यक्षलाई कारवाही गरिन्

Image
Nisarga Hospital

अत्तरिया : टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका तर राष्ट्रपतिबाट आममाफी पाएर छुटेका रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा विवाद झन बल्झिदै गएको छ। रेशमलाल पत्नी रञ्जिता श्रेष्ठ चौधरी पार्टी अध्यक्ष रहेको नाउपा पार्टीभित्रको विवाद विचार मतभेददेखि कुटाकुट र हत्याको धम्की हुँदै कारबाहीसम्मै पुगेको हो।

CP Hospital Dhangadhi

यसैक्रममा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई प्रदेश अध्यक्षमाथि कारबाही भएको छ। अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गण्डकी अध्यक्ष राजन गुरुङ र वाग्मती अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पदमुक्त गरी पार्टीबाट निष्कासन गरेकी हुन्।

पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि सोमबार पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा अभद्र व्यवहार गरी कुटपिट गरेको भन्दै दुवै जनालाई कारबाही गरिएको अध्यक्ष श्रेष्ठद्वारा सोमबार जारी पत्रमा उल्लेख छ। अध्यक्ष चौधरी र संरक्षक चौधरीबीच पछिल्लोसमय नयाँ सत्ता गठबन्धनमा जाने कि पुरानोमा रहने भन्नेमा विवाद छ। रन्जिता केन्द्रमा भएको नयाँ सत्ता गठबन्धनमै सहभागी भएर प्रदेशहरूमा सरकार बनाउन चाहिन्छन् भने रेशम कांग्रेससँगै रहन चाहन्छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सोही विषयमा छलफल भइरहेका बेला सोमबार काठमाडौँमा आयोजित केन्द्रीय कमिटीको बैठकमै नेता कार्यकर्ताहरूबीच कुटाकुटको अवस्था सिर्जना भएको हो।त्यसलगत्तै रन्जिताले दुई अध्यक्षलाई कारबाही गरेकी हुन्। नागरिक उन्मुक्ति पार्टीभित्र केन्द्र र सुदूरपश्चिम प्रदेश सरकारको सहभागिताका विषयमा पनि विवाद छ। यस्तै, निर्वाचन आयोगले रेशम चौधरीलाई अध्यक्षमा वैधानिकता नदिएपछि पार्टी नेताहरू विभाजित छन्। यसैका कारण विवाद चर्किदै गएको देखिन्छ। सोही कारण रेशम र रन्जिताको सम्बन्धमा पनि दरार आएको छ।

सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति सहभागी छ। रन्जीता केन्द्रीय गठबन्धनको पक्षमा छिन् भने रेशम प्रदेशमा कांग्रेससँगको सहकार्यको पक्षमा छन्।

Dhnagadhi & Krishanapur