सुदूरपश्चिममा मुख्यमन्त्रीसहित ५ मन्त्री दिए नयाँ गठबन्धनमा जान्छौं : रेशम

Image
Nisarga Hospital

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले प्रधानमन्‍त्री पुष्पकमल दाहाल प्रचण्ड सँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीले फोन गरेर बोलाएपछि आफूले मंगलबार प्रधानमन्त्री दाहालसँग कुराकानी गरेको चौधरीले बताए।

CP Hospital Dhangadhi

भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम र सुदूरपश्चिम प्रदेशमा सरकार बनाउने विषयलगायतमा कुराकानी भएको थियो। सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारमा नाउपा पनि सहभागी छ। मुख्यमन्त्री कमल शाहले चैत २२ गते विश्वासको मत लिने तयारी गरेका छन्।

चौधरीले नाउपाले मुख्यमन्त्री शाहलाई विश्वास मत दिने बताए। ‘मुख्यमन्त्री शाहलाई अहिलेसम्म हामी विश्वासको मत दिने पक्षमा छौं,’ चौधरीले भने, ‘प्रधानमन्त्रीजीले मुख्यमन्त्री दिने कुरा गर्नु भएको छ। मुख्यमन्त्री र कांग्रेसले दिएजति मन्त्रालय दिनुस् नयाँ गठबन्धनमा गइहाल्छौं भनेका छौं।’

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

सुदूरपश्चिममा नाउपाका ७ जना सांसद छन्। तीमध्ये ५ जना मन्त्री छन्। शाह नेतृत्वको सरकारमा मन्त्री भएकाहरूलाई फिर्ता आउन नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले निर्देशन दिए पनि उनीहरू सरकारबाट फिर्ता आएका छैनन्। चौधरीले अध्यक्ष श्रेष्ठसँग पनि कुराकानी गरेर पार्टीभित्र देखिएका विवाद हल गरेर जाने बताएका छन्।

Dhnagadhi & Krishanapur