आईपिएल क्रिकेटमा घरेलु टोली आरसीबीलाई लखनऊ सुपर जाएन्ट्सले २८ रनले पराजित

Image
Nisarga Hospital

इंडियन प्रिमियर लिग (आईपिएल)मा रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबी)ले तेस्रो हार बेहोरेको छ। ​ बैंगलोररुमा भएको खेलमा घरेलु टोली आरसीबी लखनऊ सुपर जाएन्ट्ससँग २८ रनले पराजित भएको हो।

CP Hospital Dhangadhi

१८२ रनको लक्ष्य पछ्याएको आरसीबी १९ दशमलव ४ ओभरमा १५३ रनमा समेटियो। घरेलु टोलीका लागि महीपाल लोम्रोरले १३ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ३३ रन बनाए। यस्तै रजत पतिडरले २९ तथा विराट कोहलीले २२ रन जोडे। फ्याफ डु प्लेसिसले १९ रन बनाए।​

लखनउका डि काकले ५६ बलमा ८ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ८१ रन बनाए। मार्कस स्टोयनिस २४, केएल राहुल २० र देवदत्त पडिक्कल ६ रनमा आउट हुँदा निकोलस पूरन ४० रनमा नटआउट रहे।

आरसिबीका ग्लेन मैक्सवेलले सर्वाधिक २ विकेट लिए। रिस टोप्ली, यश दयाल र मोहम्मद सिराजले १-१ विकेट हात पारे। १८२ रनको लक्ष्य पछ्याएको आरसिबीका लागि महिपाल लोमरले सर्वाधिक ३३ रन जोडे। रजत पाटीदार २९, विराट कोहली २२, कप्तान फाफ डु प्लेसिस १९, अनुज रावतले ११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। लखनउका बलरसामु कमजोर सावित भएको आरसिबी १५३ रन बनाएर १९.४ बलमा अलआउट भयो।