आईपीएल क्रिकेटमा दिल्लीमाथि कोलकाताको सानदार जित, अंक तालिकाको टपमा पुग्यो कोलकाता

Image
Nisarga Hospital

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकोत्ता नाइट राइडर्स शिर्ष स्थानमा उक्लेको छ। गए राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई १०६ रनको विशाल अन्तरले हराउँदै अङ्क तालिकाको शिर्ष स्थानमा उक्लेको हो।

CP Hospital Dhangadhi

विशाखापटन्ममा भएको खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्न उत्रेको कोलकोत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २७२ रन बनायो। २७३ रनको लक्ष्यसहित मैदान उत्रेको दिल्ली १७.२ ओभरमा अलआउट हुँदै १६६ रन मात्रै बनाउन सक्यो।

त्यसमा सुनिल नारान ३९ बलमा ८५ रन बनाए र उनी ‘प्लेयर अफ द म्याच’ रहे । यस्तै अंगकृश रघुवंक्कीले ५४ र आन्द्रे रसेलले ४१ रन थपे । जवाफमा दिल्लीले १७.२ ओभरमा सबै विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो ।

आन्द्रे रसेल १९ बलमा ४१, रिन्कु सिंह ८ बलमा २६ रनमा आउट हुँदा फिल साल्ट र श्रेयस आय्यरले १८–१८ रन बनाए। वेंकटेश अय्यर ५ र मिचेल स्टार्क १ रनमा नटआउट रहे।

दिल्लीका अनरिख नार्खिऐले सर्वाधिक ३ विकेट लिए। इशान्त शर्माको नाममा २ विकेट रहँदा खलील अहमद र मिचेल मार्शले १–१ विकेट लिएका थिए।