भारतमा सम्पन्न एसएमएस कप फाइनलमा गुजरातलाई हराउँदै नेपाललाई उपाधि

Image
Nisarga Hospital

नेपालले भारतमा एसएमएस फ्रेन्डसिप सिरिज २०२४ को उपाधि जितेको छ। आइतबार गुजरातमा भएको फाइनलमा घरेलु टिमलाई १८ रनले पराजित गर्दै नेपालले सिरिज जितेको हो। आइसिसी विश्वकप २०२४ को तयारीका लागि भारतको गुजारतमा नेपालले भारतको स्टेट टिम गुजरात र बरोडासँग सुरुमा दुई दुई वटा टी-२० खेलेको थियो।

CP Hospital Dhangadhi

नेपालले दिएको १७७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै २७६ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले ३४, कुशल मल्लले १९. दिपेन्द्र सिंह ऐरीले ७, कुशल मल्लले ३१ र सन्दीप जोराले ७ रन बनाएका थिए । त्यस्तै गुजरातका बलर जयमित पटेल, शेन पटेल र तेजस पटेलले एक एक विकेट लिएका थिए ।

जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली गुजरातलाई लक्ष्यसम्म पुग्न नदिन नेपालका बलर अभिनाष बोहराले तीन विकेट लिए । दीपेन्द्रसिंह ऐरीले पनि दुई विकेट हात पारे । कुशल मल्ल र करण केसीले पनि एक-एक विकेट लिए ।

नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले केवल ४७ बलमा ७४ रन बनाए । ओपनर ब्याट्सम्यान आसिफ शेखले पनि टोलीको खातामा ३४ बलमा ३४ रन थपे ।