
नेपाली राष्ट्रिय क्रिकेट टिमको बलिङ प्रशिक्षकमा वेस्ट इन्डिजका रोडेरिक इस्टविक नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार उनलाई प्रशिक्षक नियुक्त गरेको हो। यसअघि इस्टविकले ८ वर्ष वेस्ट इन्डिजका सिनियर टिमलाई प्रशिक्षण दिएका थिए।

६२ वर्षीय इस्टविक बारबाडोसमा जन्मिएका हुन् । उनी दायाँ हाते मध्यम तीव्र गतिका बलर हुन् । उनले सन् १९८२–८३ देखि १९८९–९० सम्म फस्ट क्लास क्रिकेट खेलेका थिए । उनले फस्ट क्लास क्रिकेटमा २१.९० को औसतले १ सय ४१ विकेट हात पारेका छन् ।


























