आइपिएल क्रिकेटमा मुम्बई इण्डियन्सको चौथो खेलमा पहिलो जित, दिल्लीलाई २९ रनले पराजित

Image
Nisarga Hospital

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले यस सिजनको पहिलो जित हासिल गरेको छ । यस अघि लगातार तीन खेलमा हार बेहोरेको मुम्बईले आइतबार दिल्लीलाई २९ रनले पराजित गरेको हो ।

CP Hospital Dhangadhi

मुम्बईले दिएको २३५ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउदै २०५ रन बनाएको थियो ।दिल्लीका लागि ट्रिस्टन स्टब्सले २५ बलमा ३ चौका र ७ छक्का सहितको विष्फोटक ७१ रन बनाए पनि जितका लागि पर्याप्त भएन । यस्तै पृथ्वी शवले ६६ र अभिषेक पोरेलले ४१ रनको योगदान गरे । दिल्लीका अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

मुम्बईका जेराल्ड कोएत्जीले सर्वाधिक ४ विकेट लिए। जसप्रीत ब्रुमराहले २ विकेट लिँदा १ विकेट रोमारियो शेफर्डले लिए । त्यसअघि वानखडे स्टेडियममा टस जितेर पहिला ब्याटिङ मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २३४ रन बनायो।

मुम्बईका ओपनर रोहित शर्माले सर्वाधिक ४९ रन बनाए। २७ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे। इशान किशन ४२ र कप्तान हार्दिक पाण्ड्या ३९ रनमा आउट हुँदा टिम डेभिड ४५ र रोमारियो शेफर्ड ३९ रनमा अविजित रहे। दिल्लीका एन्रिक नोत्जे र अक्षर पटेलले २/२ विकेट लिए। खलिल अहमदले १ विकेट लिए।

यो जितपछि मुम्बईको ४ खेलमा एक जित र ३ हारसहित २ अंक भएको छ भने दिल्लीको ५ खेलमा एक जित र चार हारसहित २ अंक नै रहेको छ ।