दुबै मृगौला फेल भएर बैतडीका एक किशोरको निधन

Image
प्रतिकात्मक फोटो
Nisarga Hospital

बैतडी : दुबै मृगौला फेल भएर उपचार गराउँदै आएका बैतडीका एक किशोरको निधन भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–५ खोलिगाउँका धनदेव नाथका छोरा रमेश नाथको १९ वर्षको कलिलो उमेरमा निधन भएको हो ।

CP Hospital Dhangadhi

मृगौला पीडित नाथको उपचारको क्रममा काठमाण्डौँको बिर अस्पतालमा सोमवार निधन भएको हो । दुबै मृगौला फेल भएर उपचार गराइरहेका नाथको निधन भएको परिवारका सदस्यले बताएका छन् ।

उनलाई बचाउन सामाजिक सञ्जाल फेसबुकमा आर्थिक अभियान पनि सञ्चालन गरिएको थियो । तर उनको उपचारकै क्रममा निधन भएको हो। केहि वर्ष पहिले नाथकी दिदीको पनि मृगौला फेल भएर निधन भएको थियो ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur