वेस्टइन्डिजको ए टोली नेपालसँग बैशाख १३ बाट ५ ओटा टी २० खेल खेल्दै

Image
Nisarga Hospital

टेस्ट टोली वेस्टइन्डिजको ए टोली नेपालसँग पाँच टी२० खेल खेल्न काठमाडौं आउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्टइन्डिज पाँच टी-२० खेल खेल्न नेपाल आउने जानकारी दिएको छ । नेपाल र वेस्टइन्डिजबीचको खेल अप्रिल २५ देखि मे ५ सम्म हुनेछ ।

CP Hospital Dhangadhi

वेस्टइन्डिज पहिलो पटक नेपाल भ्रमणमा आउन लागेको हो । नेपालले टी २० विश्वकप जुनमा हुनुअघि अन्तिम तयारीको रुपमा वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको हो । क्यानका सचिव पारस खड्काले यस बारे जानकारी दिएका छन् ।

नेपाल क्रिकेट संघ(क्यान)ले सोमबार एक विज्ञप्ती मार्फत सो जानकारी गराएको हो । बैशाख २३ सम्म चल्ने सिरिजमा पाँच खेलको टीट्वान्टी सिरिज हुनेछ ।