गोदावरी नगरपालिका वडा नम्बर ४ को नवनिर्मित भवनको उद्घाटन

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ को नवनिर्मित भवन हस्तन्तरण तथा उद्घाटन गरिएको छ ।

CP Hospital Dhangadhi

एक औपचरिक कार्यक्रमका बिच नगर प्रमुख बिरेन्द्र भट्ट र विशिष्ट अतिथि शारदा देवी रोकाया,विभिन्न वडा अध्यक्षहरु, समाजसेवी, स्थानियहरुको उपस्थितिमा वडाकार्यालय भवनको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

nawajiwan
oplus_2

कार्यक्रमै बोल्दै नगरप्रमुख भट्टले वडा कार्यालय आजबाट सञ्चालन भएकाले जनताका सेवा र सुविधाका निम्ति वडा कार्यालयबाट छिटोछरितो गर्नेका लागि सुबिधा सम्पन्न, अपाङ्ग मैत्री भवनको निर्माण गरेको बताए । निर्माण का क्रममा जे जस्ता समस्या आए पनि ती क्रियाकलाप लाइ समाधान सङ्गै सबै स्थानिय, समाजसेवी र राजनीतिक दलका नेताहरुको सहयोग बाट आज निर्माण सम्पन्न गर्न सफल भएको बताएका छन् ।

oplus_2

उनले जनप्रतिनिधिलाई जनताको काममा विशेष ध्यान दिन समेत आग्रह गरे । संरचनाअनुसार सबै सेवा घर आँगनबाटै प्रदान गरिने भएकाले आफ्नो सेवालाई प्रभावकारी बनाउन वडामा कार्यरत कर्मचारीले ध्यान दिनु जरुरी रहेको बताए ।

यसैगरी कार्यक्रममा बोल्दै उपप्रमुख शारदा रोकायाले नगरमा ६ वटा वडा कार्यालयको भवन निर्माण सम्पन्न भई सकेको र बाँकि रहेका वडाहरुमा पनि चाडै वडा कार्यालयका भवनहरु बन्ने बताईन् । सबै एकजुट भएर अगाढी बढ्यौ भने नगरमा हरेक बिकास निर्माणका कार्यहरु गर्न सहज हुने उनले बताईन् ।

Attariya Hospital

पिके कन्स्ट्रक्सनसंग भवन निर्माणका लागि २०८० जेठ ३१ मा सम्झौता भएको थियो भने २०८० चैत्र १५ गतेमा सम्पन्न गरेको भवन निर्माणमा ८७ लाख ४४ हजार ३६७भ्याट सहितको लागत लागेको वडा अध्यक्ष हेम प्रकाश मल्लले बताए ।

oplus_2

वडा नम्बर ४ का वडा हेम प्रकाश मल्लको सभापतित्वमा भएको कार्यक्रममा नगरप्रमुख बिरेन्द्र भट्टको प्रमुख अतिथी रहेका थिए ।

त्यस्तै कार्यक्रममा नगर उपप्रमुख शारदा रोकाया बिशिष्ट अतिथी रहेकी थिईन् । कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष गोपाल दत्त भट्ट, वडा अध्यक्ष वडाका जनप्रतिनिधी,जिल्ला समन्वय समितिका निमित्त प्रमुख विमल जोशी, संघसंस्थाका पदाअधिकारीहरुको उपस्थीती रहेको थियो ।

वडासदस्य शेर बहादुर घर्तीमगरले स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन पत्रकार शारदा फुलाराले गरेकी थिइन ।