निलो आकाशको कालो बादल

Image
Nisarga Hospital

मैले बादलाइ प्रश्न गरे
ए बादल भन त
निलो र सुन्दर आकाश
किन कालो बनाइ दिन्छौ?
“बादलले सजिलोसँग
उत्तर दियो”
आकाशमा म कालो
बादल नलागे
त्यति सजिलै तिम्रो आँखा
आकाशतर्फ पर्दैन
तिमिले आकाशको
सोन्दर्यता बुझ्दैनौ
र बादललाई पनि चिन्दैनौ ”
जब म बादलले
आकाशलाइ घेर्छु
त्यो आकाशको लागि एक
कठिन परिस्थिति हुन्छ!

CP Hospital Dhangadhi

जब म बादल “पानी बनेर
संसारमा आफ्नो
कतब्य निभाउँछ
खेतमा सुकेको बारिमा
पर्छु तब हरियाली छाउँछ,
मान्छेलाइ पनि
शितल्ता मिल्छ
तब तिमिले पनि
फेरि आकाश हेर्छौ र भन्छौ
ए आकाश तिमिले पनि
आज उन्मुक्ती पायौ है ,
र बादलाइ भन्छौ ए बादल
तिमि पनि चाहिने रहेछौ “!

जब बादले आकाशलाई
आक्रमण गर्यौ
अनि आकाशले पनि
महुशुस गर्यो ,
क्रोध के हो र शान्ती के हो
दबाब केहो ,सोतन्त्रता के हो!

बादल र आकाश बाट
तिमिले पनि
आफुलाइ चिन्ने
अबसर पायौ
हरेक कुरा बुझ्ने
अबसर पायौ
रोग, भोक, प्यास ,
पिर चिन्ता दु:ख कष्ट,
काममा बाधा अड्चन
स्वाभाविक हो
“जो तिमिमाथी
परिरहेको छ”!
यो सब कठिन
परिस्थिति हो,
यो तिम्रो लागि एक
जोखिम हो,
यो तिम्रो जिन्दगिमा
लागेको बादल हो”
जो तिम्रो लागि सब
फाइदाजनक छ!

जिवनमा आइपर्ने
दु;ख पिडा
भनेको मानिसिक तनाव हो
मानिसक तनाव चिन्ता हो र
चिन्तालाइ तिमिले
सकारात्मक रुपमा
लिन सक्यौ भने
तिमिमा काम गर्ने
क्षमता बढ्छ!

दुख नैं संघर्ष हो कार्य
क्षेमता बढाउने तत्व हो
सुखको अनुभुती प्राप्त गर्न
दु:ख त पर्नै पर्छ
दु:ख , दर्द, पिडाहरुसंग
लडाइ गरेर जित हाँसिल गर्नु
तिम्रो सफल्ता हो
तिमिले अझै आनन्दित र
खुसी हुनु छ
जिन्दगिलाइ सफल र
सार्थक बनाउनु छ
तिमिले क्रमबद्ध रुपमा
आज यो गर्ने भोलि यो गर्ने
योजना बनाउनु छ
र यो सबै कठिन परिस्थितिबाट
उनमुक्ती पाउनु छ !

पारस भट्ट प्यासी
सुदुरपश्चिम बैतडी