कविता – नेपाल आमा रुँदैछ

Image
Nisarga Hospital

मान्छेहरु यत्ती स्वार्थी खै
किन बनिरहेका छन्
घर घर मै- आपस आपस् मै
द्वन्द गरिरहेका छन्
आफ्नै बुबासँग छोराको
बोली बन्द भएको छ
छोरी आफ्नै आमासँग
रिसाउनु भएको छ
दाइले भाइको मुख नै हेर्न छोड्यो
भाइले पनि दाइलाई
ढोग गर्न छोड्यो
सासू बुहारीमा दिन
दिनै झगडा छ!

CP Hospital Dhangadhi

छिमेकि काकालाई किसानी
गरेर खाएको देख्न सकेको छैन
मेहेनत गरेको देख्न सकेको छैन
पसिना बगाएको देख्न सकेको छैन
फलानाले कुरा काटेको छ
रिस डाह गरेको छ!

सुनेका छौँ सबैले भन्न त भनिन्छ “!
भाइचाराको सम्बन्ध प्रघाट हुनुपर्छ
एक भाईलाई दु;ख पर्दा अर्को भाइले पनि
आफैलाई परेको महसुस गर्नुपर्छ
अरुको दुखमा हाँस्नु हुन्न रुनुपर्छ!!
दु:खमा सघाउन पर्छ
अफ्यारोमा हात दिनुपर्छ
असाहाय्य ,अशक्त ,अपाङ्गलाई
साथ दिनुपर्छ” तर
उखान टुक्का जस्तै लाग्न थाले
इ कुराहरु पनि ” !

नहुनु पर्ने हुँदैछ खै कसको पो बिश्वास गर्ने ,,
आफ्नै श्रीमानले श्रीमतीको
हत्या गरेको सुनिन्छ
जेठाजुले नै बुहारीलाई
बलात्कार गरेको सुनिन्छ
श्रीमानले बिदेशमा दु;ख
गरेर कमाएको पैसा
घर श्रीमतिले अर्कै सँग मोज मस्तीमा
सकेको सुनिन्छ !

हत्या हिंसा बलात्कारका घटना
बढिरहेका छन्,
अनौठा अनौठा घटना
घटिरहेका छन्!

ससाना बालबालिका पनि
प्रेम चक्करमा छन्
कसैको नजरमा छन्
मन मुटुमा बसेका छ्न्
माया मोहको जालमा फसेका छन्
हात समाउदै अंगालो मार्दै बाटोमा
हिडिरहेका देखिन्छन्
कलेज पढ्न गएका बिध्यार्थी
होटेल ,बार, पार्कमा
भेटिन्छन् !

बिहे गरेको हप्ता दिनपछि बेहुली
केटा भएको खबर आउँछ
आफ्नै श्रीमानले श्रीमतिको यौनीमा
ताला लाएको खबर आउँछ
परिवारमा न हाँसो छाउँछ
न खुसी छाउँछ
बिहेको दुई दिन मै
श्रीमती पोइल गएको
खबर आउछ!

सहयोगको भावना खै
गाउँ समाजमा मेलमिलाप खै
एक अर्कामा रिसराग छ
यो तेरो यो मेरो भाग छ
भोलि मर्नुपर्छ भन्ने कुरा
सबैले बिर्सनु भयो
बिकृती बिसङ्गती बढेर गयो
धर्ती मातालाई असह्य
पीडा भएको छ
नहुँनु पर्ने हुँदैछ
नेपाल आमा रुँदैछ!

पारस भट्ट “प्यासी”
सुदुरपश्चिम बैतडी