
भाग्यका भरमा बस्या हुनैन काम पनी ।
नौउ ओटा छिद्रको घर थुप्रो हो परानी ।।
खुस्क्यो सास ठल्क्यो चोला पुरिन्या माटोमा ।।
उड्न्या चरीका जसो फेरद्या चोला एइमा ।।
(१)
आयो एक गयो अर्कोआउन्या जान्या भया ।
रितो छौन घर कसैको जान्या आउन्या भया ।।
जानै पर्छ बस्या कोइनाईछाडी प्यारो घर ।
परानी उड्न्या चरी कैइको लिन्या भर ।।
(२)
मितुर हजार हुन्ना चेला चेली पनी ।
निको भयो समाजको मायालु भरपनी ।
प्राण जान्या शरीर होई उडेर आकाश ।
जानैन संङमा कोई एइ उड्या बताश ।।
(३)
आकाश देखन्या कोहुन पुर्खा हुन दैबका ।
फेर्दैछ कपडा जसो यो नौलो रुपका ।।
निका निका गहना लगाउ छोडी बैरीपन ।
जानु छ छोडेर घरै छोडी थुप्रो धन ।।
(४)
निको हेदाई आखा बन्या हेरीदे संसार ।
निको सुनाई कान बन्या पुर्खाका आधार ।।
निको बोल्न मुख बन्यो निक् निको बाली जा ।
निको गदाई हात बन्या रुबस गरी जा ।।
(५)
परानी नासिन्या चीज नासिन्या पक्कै हो ।
निको कर्म जो गरलो उई सात जान्या हो ।।
कर्म ठुलो एई संसारको मन ठुलो फामको ।
निको गदु एई जुनीको आखिरी धामको ।।
(६)
पाच भौतिक चिज बढेई बनेको शरीर ।
मन्र्या बेला मिसिने छ एकएक गरेर ।।
जाच दिन्या सबै जना आफ्ना कर्ममा ।
पास फेल सबै हुन्या यो सत्य धर्ममा ।।
(७)
गरीव अमीर बस्या धर्ति यो एकै हो ।
यो चोला समुद्र जसो पानीको धार हो ।।
भित्र बस्या हिय प्राण खोलेर हेरौन ।
गरौ निका रुबस काम यो चोला तारौन ।।
(८)
रंङ देख्यो संसारको बनायो घर पनी ।
रुबश थ्यो घरघरको दिएन साथ पनी ।।
जवानी ओइलाई गयो छोटा भया दिन ।
छोडी गयो यई संसार भौतिक जीवन ।।
(९)
जन्म ठुलो प्रकृतीले मन ठुलो कामले ।
आत्मा ठुलो आनन्दले जन ठुलो फामले ।।
मान्छे बने पशुबाट ज्ञानका चोलाले ।
रुख यो बिशाल बन्यो हाङ्गा पलौनाले ।।
(१०)
लीला भुल्यो परानीको काम मनले गरयो ।
ममता घरमाई छोडी नाता जोडी गयो ।।
प्राण जसो नाता थियो राखेको छातीमा ।
छोडी गयो आखिर माई लगेन साथमा ।।
(११)
सङै थिए चेला चेली ती पत्नी साथमा ।
झिक्कै थियो धन संम्पती लगेन साथमा ।।
आयो काल लैग्यो साथ न देख्या रुपमा ।
जसरी ति पुर्खा गया त्यई मृत्यु लोकमा ।।
(१२)
थिएन आखामा आशु आखा बन्द भयो ।
बोलेन हियको कुरामुख बन्द भयो ।।
काल आयो बल्ल बल्ल प्राण त लैगयो ।
छुटी गया नाता गोता एकलो भै गयो ।।
(१३)
मलमलको कात्रो ओढी काठमा बाधिए ।
रुवा बासी नाता गोता घाटमा लैगयो ।।
लबडाको खात बनाई तैई माथी सुताई ।
आगो लगाई पानी दिने शरीर जलाई ।।
(१४)
जीन्दगी को कथा इसो सबैले जाड है ।
रुबस गरी निका काम पुर्खालाई सोचु है ।।
जस्या छेक्छ बादलले चंन्द्रमा आकास ।
उसो छेक्या अज्ञानले जीन्दगी उदास ।।

लक्ष्मी दत्त भट्ट
हाल, धनगढी कैलाली




























