
देवी भनेपनी लक्ष्मी
भनेपनी, छोरी हौ तिमि
घरको मान सम्मान
इज्जत सबै हौ तिमि
छोरी सब्द नैं कति प्यारो छ
तिमि बिना संसार सृष्टि अधुरो छ,
संसार अँध्यारो छ”
घर अधुरो छ , संसार अँध्यारो छ”
घाम हौ तिमि जुन हौ तिमि
साँचिक्कै सगुन छौ तिमि !

गलत कदम कहिले पनि नउठाउनु
घर परिवारको सिर कहिले नझुकाउनु
सत्य कर्म गर्नु सतमार्गको बाटो रोज्नु
राम्रो मान्छेलाई साथी खोज्नु
सबैसँग नजिक नहुनु
सबैको बिश्वास नगर्नु
अन्जान मान्छेको भर नपर्नु
मन सफा राख्नु , पबित्र काम गर्नु
अपराध नगर्नु ,अन्याय नसहनु
नडाराउनु , साहासी हुनु !
छोरी हौ तिमि मान्छे हौ तिमि
होला मान्छेको हातबाट
कहिलेकाँही सानोतिनो गल्ती होला
कसैले नराम्रो पनि भनिदेला,
धेरै पिर चिन्ता नलिनु
आफ्नो गल्तिलाई सुधार गर्नु
राम्रो कुरालाई मनमा राख्नु
राम्रो काममा पाइला चालिदिनु
नराम्रो कुरा फालिदिनु
राम्रो सुझाव मनन गर्नु
नराम्रो सुझाव हावामा उडाइदिनु
गलत मान्छेलाई सजाय दिनु
राम्रो मान्छेलाई नमन गर्नु!
मन ठूलो बनाउनु ,आफू बलियो हुनु
सानातिना कुरामा दु;खी नहुनु
आँखामा आँसु नचुहाउनु, नरुनु
शहनशिल हुनु , कमजोर नहुनु
सत्यको पक्षमा बोल्न नछोड्नु
नहिचकिच्याउनु ,मीठो बोल्नु
सबैको लागि आहा बन्नु
साँच्चिकै माहान छौ तिमि
छोरी हौ तिमी “!
पारस भट्ट” प्यासी”
सुदुरपश्चिम बैतडी




























