
ओहदामा पुगे पनि बाउँ छोडन हुन्न साथी

शहरीया भए पछि गाउँ छोडन हुन्न साथी
उकाली र ओराली हुन जीन्दगीका पाटाहरु
गास बास साथ दिने साउँ छोडन हुन्न साथी
सुखको बेला साथी संगै सयलमा बसेपनि
गन्तब्यमा पुग्ने बेला पाउँ छोडन हुन्न साथी
शहरको वास संगै अकै कर्म थलो भए पनि
बालापनमा खेली बस्ने ठाउँ छोडन हुन्न साथी
समयको फेर संगै शिखरलाई चुमे पनि
चल्ला ठुलो हुदै जान्छ माउँ छोडन हुन्न साथी
निश्वार्थ भै सेवा गरी सादा जीवन ज्यून संगै
माैका पाए मिल्छ तर दाउ छोडन हुन्न साथी
॥१॥
म जन्मे म हुर्के फुले आज साथी
पहाडी गरामा डुले आज साथी
जहाँ थे बसेका यि आफन्त भाई
हिडेका बिशौनी खुले आज साथी
जता हेर राम्राे पहाडी छटा ले
सुसेली म खेल्दै झुले आज साथी
छ मेरो दिलैमा सदा बाल माया
ति साथी र भाई भुले आज साथी
छुटे साथ मेरा ती आफन्त सारा
भए आज एक्लो ठुले आज साथी
॥२॥
नदीया वही है किनारे बदल्ते
दुनीया वही है सितारे बदल्ते
व बस्ती वही थी जिसे छोड आए
यहाँ लोग सारे नजारे बदल्ते
हमे जो सिकाया पिता और माता
दुवा साथ पैले इसारे बदल्ते
हमे जो मिला हैे लिया था भरोशा
वही जिन्दगी के बहारे बदल्ते
यहाँ क्या हमारा लिया साथ पैले
यही है जमाना सहारे बदल्ते
॥४॥
सजाए दिलैमा यही नाम खाेजे
र एक्लो परानी सही माम खाेजे
छ उस्तै बिसौनी जहाँ सत्य मान्छे
रमाएर बस्ने यतै गाम खाेजे
पुरानो रिती नै अझै काध थापी
दिलै भित्र राख्ने रमी धाम खाेजे
छ माया पियारो दुखी जिन्दगीको
जुटाएर नाता यहीँ काम खाेजे
रहेछौ कसैको यहीँ कर्म गर्ने
दिलै भित्र राख्ने सही दाम खाेजे
रसायो र आँखा नयाँ प्रेम भन्दै
उषाकाल जस्तै यही घाम खाेजे
बशन्ती छटाकाे उषा काल जस्तै
बसी फूलबारी यही याम खाेजे
लक्ष्मी दत्त भट्ट
धनगढी, कैलाली





























