स्थानीय तहमा रिक्त रहेका पदाधिकारीको उपनिर्वाचन तयारीमा निर्वाचन आयोग

Image
Nisarga Hospital

निर्वाचन आयोग स्थानीय तहमा रिक्त रहेका पदाधिकारीको उपनिर्वाचन तयारीमा जुटेको छ। मंसिरको तेस्रो साता उपनिर्वाचन गर्ने गरी आयोग तयारीमा जुटेको हो ।

CP Hospital Dhangadhi

आयोगले गत साउन २८ गते प्रधानमन्त्रीसँगको छलफलमा मंसिर तेस्रो साता उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । स्थानीय तह निर्वाचन ऐन- २०७३ मा आयोगको सुझावमा सरकारले उपनिर्वाचनको मिति घोषणा गर्ने व्यवस्था छ।

निर्वाचनको मितिबारे सुझाव दिने, मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने, निर्वाचनमा लाग्ने खर्चको विश्लेषण गरी नेपाल सरकारसमक्ष बजेट सुनिश्चितताको प्रयास गर्नेजस्ता तयारीका काम गरिरहेको आयोगका प्रवक्ता रघुराम विष्टले जानकारी दिए।

nawajiwan
Attariya Hospital

आयोगले रिक्त रहेका स्थानीय तहलाई लक्ष्य गरी मतदाता नामावलीमा नाम दर्ता गर्न यसअघि नै आह्वान गरिसकेको छ। उपनिर्वाचनको मिति घोषणा भएपछि निर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता स्वतः बन्द हुने कानुनी व्यवस्था छ।

स्थानीय तहका ३५ पदाधिकारी रिक्त छन्। आयोगका अनुसार गाउँपालिकाका अध्यक्ष दुई जना, उपाध्यक्ष दुई जना तथा प्रमुख र उपप्रमुख एक(एक जना र २९ वडाध्यक्ष पद रिक्त छन् ।

बागमती प्रदेशको कीर्तिपुर नगरपालिकाका प्रमुख र कर्णालीको नलगाड नगरपालिकाका उपप्रमुख पद रिक्त छ। कोशी प्रदेश अन्तर्गतको ग्रामथान गाउँपालिकाका अध्यक्ष र कर्णालीको महाबु गाउँपालिकाका अध्यक्षको पद रिक्त छ। बागमतीको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष र सुदूरपश्चिमको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पद पनि रिक्त छ।