रक्षा बन्धन एवम् जनै पूर्णिमा एक धार्मिक चाड :

Image
Nisarga Hospital

हिन्दु धर्मावलम्बीहरूकाे पवित्र चाड रक्षा बन्धन एवम् जनै पूर्णिमा हाे । जनै पूर्णिमा एवम् रक्षा बन्धनकाे सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । रक्षा बन्धन भाइ र बहिनी बिचको अटुट प्रेमलाई दर्शाउने पर्व हो । खास गरेर रक्षा बन्धन हिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दूई ओटा शब्द जोडिएको छ रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने बाचा दिन्छन् भने बन्धनले भाई बहिनीको सम्बन्धमा अझ प्रगाढ माया, स्नेह, नजिक र प्रेम ल्याउछ । यसलाई वेद जयन्ती पनि भनिन्छ । यो चाड श्रावण शुक्ल पुर्णिमाको दिन मनाइन्छ । जनै लगाउनेहरु यस दिन पुरानो जनै फेरेर नयाँ जनै लगााउने गर्दछन । यस दिन वर्षभरीका लागि आवश्यक पर्ने जनै तयार गरी मन्त्रेर राखिन्छ ।

CP Hospital Dhangadhi

दिदीबहिनीहरुले आफनो दाजुभाइका हातमा पवित्र धागो राखि बाधेर टिका लगााएर मिठाई खुवाउने गर्दछन् । दाजुभाइले पनि दिदीबहिनीलाई केही न केही उपहार अथवा दक्षिणा पैसा दिएर तथा दिदीबहिनीको रक्षा गर्ने वाचा गर्दछन् । रक्षाबन्धन पहिलेको युगमा भाइ बहीनीको तिहार नभएर आफू भन्दा ठूला बडाले सनोलाई रक्षा र आर्शिवाद स्वरुप बाध्ने रक्षा सुत्रलाई रक्षाबन्धन भनिन्थयो । यस दिन ब्राहमणहरु बिहानै नुहाइ धुवाइ गरेर पुजा पाठ गरिसकेपछि पवित्र धागो, जसलाई रक्षाबन्धन वा रक्षासुत्र पनि भन्दछन् ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलवान दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ । जे हाेस आजकाे दिन सबैकाे लागि फलिफाप हाेस । दिदीबहिनीहरूबाट टाढा भएका वा दिदीबहिनी नहुनेहरूले नजिकैकाे मन्दिरमा गएर अक्षता फूल र भेटी सहित ब्राह्मणहरूबाट रक्षा धागाे बाँधेर यज्ञाेपवित जनै धारण गराैं । अध्यात्मिक चिन्तन गराैं, जसले मनमा शान्ति दिन्छ । मनमा सन्तुष्टिकाे अनुभूति गराैं । अब आउँदै गरेका चाडपर्वहरू पनि तडकभडकका साथ नमनाएर गच्छे अनुसार मनाऔं ।

nawajiwan

पौराणिक कथा अनुसार देवराज ईन्द्र र दैत्यराज वृत्तासुरका साथ १२ वर्षसम्म भयङ्कर युद्ध चलेको थियो । यस युद्धमा असुरहरुले देवताहरुमाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कारविहीन भएर जीवनयापन गर्न लागे । यसरी गौरवहीन जीवनदेखि देवराज ईन्द्र बाँच्नुभन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसँग अन्तिम युद्ध गर्ने सङ्कल्प लिनुहुन्छ । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन ईन्द्रको कल्याण एवं विजय कामना होस् भनी श्रावणमासको पूर्णिमाको शुभमूहूर्तमा ईन्द्रलाई रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए ।

Attariya Hospital

जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी विभिन्न थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा उमारिएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रुपमा पनि लिइन्छ ।

यता श्रावण शुक्ल पूर्णिमाका अवसरमा तागाधारीहरूले आजका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन् । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ । हाम्राे धर्म, संस्कृतिको जगेर्ना गराैं ।

मान सिंह धामी (भाैनबाटी)
उप-प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी
मालिकार्जुन गाउँपालिका – ४ हुनैनाथ गाेठ्युडी
दार्चुला