नेपल पत्रकर महासंघसँग सूचना उपलब्ध गराउन क्रियाशिल पत्रकारहरुको माग

Image
Nisarga Hospital

काठमाडौं: क्रियाशिल पत्रकारहरुको साझा मोेर्चाका तर्फबाट योगेन्द्र प्रताप शाही, प्रवीण कुमार चौधरी, विदुर ढुंगेल, योगेश खपाङ्गी, राष्ट्रिय दलित पत्रकार संघका उपाध्यक्ष गोपाल बराईली, लोकतान्त्रिक छापा माध्यम सञ्चारका दामोदर प्रसाद दवाडी र नेपाली सञ्चार क्षेत्र अभियन्ता देवीप्रसाद सापकोटाले नेपाल पत्रकार महासंघसँग विभिन्न विवरण, तथ्याङ्क र सूचना माग गरेका छन् ।

CP Hospital Dhangadhi

पत्रकार महासंघमा क्रियाशिल पत्रकारहरुले बुझाएको माग पत्रको दर्ता नंम्वर १५ रहेको छ । उनीहरुले महासंघका सूचना अधिकारीलाई संवोधन गर्दै माग गरिएको सूचना नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३ र ७ अनुसार भएको जनाएका छन् ।

सूचना माग गरेका क्रियाशिल पत्रकारहरुले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले धारणा बुझाएको भनि दर्ता गरेको छ भने महासंघमा बुझाइएको सो सूचना मागको पत्रको बोदार्थ संचार तथा सूचना प्रविधि मन्त्रालयमा ८३६ नम्वरमा दर्ता भएको छ । साथै गृह मन्त्रालयमा दर्ता नं १४७६ रहेको छ ।

nawajiwan

त्यस्तै सूचना माग गरिएको सो पत्रको वोधार्थ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता नम्वर २० मा दर्ता गरिएको छ । राष्ट्रिय सूचना आयोगकामा वोद्यार्थ पठाइएको छ भने सूचनाका लागि राष्ट्रिय महासंघलाई पनि सूचना माग गरिएको विषय वोद्यार्थ पठाइएको छ ।
क्रियाशिल पत्रकारहरुले महासंघसंगको गत २०७९ पुस ८ र ९ गते सुर्खेतमा सम्पन्न केन्द्रीय साधारणसभाको बैठकमा भएका सम्पूर्ण निर्णय पुस्तिका ९माइन्युट० को प्रमाणित प्रतिलिपि, महासंघको सुर्खेत साधारणसभाले गठन गरेको सदस्यता शुद्धिकरण समितिले सदस्यता नवीकरण तथा वितरण सम्बन्धमा गरेका सम्पूर्ण निर्णय पुस्तिका ९माइन्युट०को प्रमाणित प्रतिलिपि र महासंघको केन्द्रीय समितिले २७औं महाधिवेशन गरेको सम्पूर्ण निर्णय पुस्तिका ९माइन्युट० को प्रमाणित प्रतिलिपि माग गरेका हुन् ।

Attariya Hospital

त्यस्तै, महासंघको केन्द्रीय समितिले २७औं महाधिवेशन देखि हालसम्म गरेका सबै निर्णय पुस्तिका ९माइन्युट० को प्रमाणित प्रतिलिपि र महासंघको केन्द्रीय समितिले सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने सम्बन्धमा बनाएका मापदण्ड सहित त्यस सम्बन्धमा गरिएको सम्पूर्ण निर्णय पुस्तिका ९माइन्युट० को प्रमाणित प्रतिलिपि माग गरेको छ ।

ती सूचनाको प्रतिलिपि छिटो भन्दा छिटो उपलब्ध गराउनु हुन अनुरोघ गर्दै ती सूचना उपलब्ध गराउँदा लाग्ने कानून बमोजिमको शुल्क बुझाउन तयार रहेको जनाइएको छ ।

त्यस्तै क्रियशिल पत्रकरहरुको टोलिले नेपाल पत्रकर महासंघका सभापति विपुल पोखरेलसँग समेत भेंट गरेका थिए । सभापति पोखरेलले मोर्चोको टोलिलीले गरेको मागलाई यथासिघ्र महासंघले उपलब्ध गराउने भन्दै प्रतिवद्धता जाहेर गरेका छन् ।