मुलुकको समृद्धिका लागि सक्षम युवा नेतृत्व आवश्यकः प्रदेश प्रमुख भट्ट

Image
Nisarga Hospital

पोखराः गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सक्षम युवाले मात्र मुलुकको समृद्धिमा टेवा पुर्‍याउने भएकाले युवाको नेतृत्व तथा क्षमता विकासमा जोड दिनुभएको छ ।

CP Hospital Dhangadhi

पोखरा जेसीजको आयोजनामा पोखरामा आयोजित चार दिवसीय व्यापार प्रशिक्षण कार्यक्रम ‘जेसीआई नेपाल बिजनेश एकेडेमी’को शुक्रबार उद्घाटन गर्दै भट्टले युवा नेतृत्वमा जोड दिनुभएको हो ।

जेसीजले गर्विलो इतिहास निर्माण गर्दै युवाहरुको चम्किलो भविष्यको मार्ग कोर्ने क्रममा यस वर्ष स्वर्ण जयन्ती मनाइरहेको सन्दर्भमा उनले शुभकामना पनि व्यक्त गर्नुभयो ।

nawajiwan

प्रदेश प्रमुख भट्टले भन्नुभयो ‘जीवनको सबैभन्दा सक्रिय र उर्जाशील उमेर १८ देखि ४० वर्षसम्मका युवाहरुको साझा संस्था जेसीजले व्यवसायिक युवालाई नै केन्द्रीत गरी आयोजना गरेको यस प्रशिक्षणले युवाहरुलाई व्यवसायको सुरुवात गर्न, व्यवस्थापन गर्न र प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक ज्ञान र सीपहरुको आर्जनमा ठूलो भूमिका खेल्ने विश्वास लिएको छु।’

Attariya Hospital

तालिमको विश्वविद्यालयको रुपमा पनि चिनिने जेसीजले युवा सशक्तिकरण गर्दै समाजमा सकारात्मक परिवर्तन गरेको उहाँले बताउनुभयो । कर्मठ युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जेसीजले असल, योग्य युवाहरुको उत्पादन गरी राष्ट्र, राष्ट्रियता र समाजप्रति जिम्मेवार नागरिक निर्माणमा योगदान गरेकोमा प्रशंसा पनि गर्नुभयो

‘सक्षम नागरिकको उत्पादन हुन सकेमा समाज र सिंगो राष्ट्रको विकास हुनेछ । असल र क्षमतावान व्यक्तित्वले मात्र मुलुकलाई सही नेतृत्व दिन सक्छ । यस्ता नेतृत्व निर्माणमा जेसीज जस्ता संस्थाको महत्वपूर्ण हात रहेको छ ।’ भट्टले भन्नुभयो ।

व्यक्तित्व तथा क्षमता विकास, सामाजिक अभियान, उद्यमशीलता एवं व्यवसायिकताको नेटवर्किङ र विस्तारका साथै अन्तर्राष्ट्रिय सम्बन्ध एवं व्यापार विस्तारमा जेसीजले अझै ठूलो भूमिका खेलोस् भनी अपेक्षा पनि उहाँले व्यक्त गर्नुभयो ।