
मुग्लिङः नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटनामा परेको छ । महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।

दुर्घटनामा १० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए ।






























