प्रकाशको घरमै पुगेर प्रदान गरियो नागरिकता

Image
Nisarga Hospital

अत्तरिया : ‘हेर्न कथा’ को पछिल्लो एपिसोड ‘हराएका वर्षहरु’ का पात्र प्रकाश तामाङ (काले मोक्तान) ले नागरिकता पाएका छन् । उनलाई आज (आइतबार) घरमै आएर नागरिकता प्रदान गरिएको हो । प्रकाशले ३० वर्षभन्दा बढी समय गोर्खाको चुमनुब्री गाउँपालिकास्थित छेकम्पार (चुमभ्याली) मा विताएका थिए ।

CP Hospital Dhangadhi

काठमाडौंमा गलैचा बुन्ने काममा आएका प्रकाशलाई उमेर नपुगेको भन्दै साहुले निकालिदिएका थिए । त्यसपछि उनी चुमभ्यालीका एक जनासँग उत्तै गएका थिए ।

Attariya Hospital

प्रकाशलाई भोजपुरको षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ) मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यलय प्रमुख बिनोद ज्ञावली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत मोहन चापागाईंलगायतको उपस्थितिमा नागरिकता प्रदान गरिएको थियो । उनलाई नागरिकता प्रदान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो देखाएका थिए ।

nawajiwan