वरिष्ठ कलाकार दलबहादुर बोगटीको उपचारको क्रममा निधन

Image
Nisarga Hospital

अत्तरियाः  देउडा प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ कलाकार दलबहादुर बोगटीको उपचारको क्रममा निधन भएको छ।

CP Hospital Dhangadhi

भदौ ३१ गते राति हाइस् दुर्घटनामा परेर घाइते भएका बोगटीको आज दिउँसो १ बजे धनगढीको माया मेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Attariya Hospital

गत ३१ गते धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जालीमा ०१ ०००१ ज १५२८ नम्बरको हाइसले ठक्कर दिँदा उनी घाइते भएका थिए। उनको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बोगटीलाई उपचारको लागि माया मेट्रो अस्पताल पुर्याएको र आज दिउँसो १ बजे उनको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

nawajiwan

अहिले ठक्कर दिने हाइसका चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । बोगटी नेपाल प्रहरीको अवकाश प्राप्त सहायक प्रहरी निरीक्षक (सई) पनि हुन् ।